अफगानिस्तान र आयरल्याण्डलाई टेस्ट राष्ट्रको मान्यता

काठमाडौँ । आयरल्याण्ड र अफगानिस्तान टेस्ट खेल्ने राष्ट्रकाे मान्यता पाएका छन् ।

 

बिहीबार बसेको अन्तराष्ट्रिय क्रिकेट सघंको बैठकले यी दुई राष्ट्रहरुलाई पुर्ण सदस्य राष्ट्र बनाउने निर्णय गरेको हो । यो सहित टेस्ट खेल्ने राष्ट्रको संख्या १२ पुगेको छ ।

 

सन् १९८२ का बेला सम्म टेस्ट खेल्ने राष्ट्रको संख्या ७ मात्र थियो । जिम्बावेले सन् १९९२ मा र बगंलादेशले सन् २००० मा टेस्ट खेल्ने राष्ट्रको मान्यता पाएका थिए ।

 

सन् २०१० यता अफगानिस्तानले वान डे म्याचको अन्तराष्ट्रिय मान्यता लिएर खेलिरहेको छ । विश्व ट्वान्टी–ट्वान्टीमा नियमित सहभागीता जनाउँदै आएको अफगानिस्तानले २०१५ मा पहिलोपल्ट वान डे विश्वकप खेलेको थियो ।

Loading...