त्रिपक्षीय वार्ता जारी रहँदा रूसले युक्रेनमा गर्‍यो यो वर्षकै ठूलो हमला

काठमाडौँ । आबुधाबीमा त्रिपक्षीय वार्ता नसकिँदै रूसले युक्रेनको राजधानी किभ लगायतका क्षेत्रमा रूसले यो वर्षकै ठूलो हमला गरेको छ। गएराति रूसले राजधानी लगायतका क्षेत्रमा ठूलो संख्यामा मिसाइल र ड्रोनले हमला गरेको अमरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ। शुक्रबार अबुधाबीमा रूस-युक्रेन-अमेरिकी अधिकारीबीच पहिलो चरणको वार्ता सकिएलगत्तै रूसले हमला सुरू गरेको हो। वार्ता शनिबार पनि बस्ने तय भएको […]

जापानमा पनि संसद विघटन, मध्यावधि निर्वाचनमा जाने

टोकियो । जापानका प्रधानमन्त्री साने ताकाइचीले शुक्रबार संसद्को तल्लो सदन विघटन गर्दै फेब्रुअरी ८ मा मध्यावधि (स्न्याप) चुनाव गराउने मार्ग प्रशस्त गरेकी छिन् । यो निर्णय हालैका वर्षहरूमा ठूलो नोक्सानी व्यहोरेको शासक दललाई पुनः सुदृढ बनाउने उद्देश्यले उनको उच्च लोकप्रियताको सदुपयोग गर्ने प्रयासका रूपमा हेरिएको छ । यद्यपि, यस कदमका कारण सङ्घर्षरत अर्थतन्त्रलाई गति दिने […]

ट्रम्पको धम्की- जसले ग्रिनल्याण्ड कब्जाको विरोध गर्छ, त्यसलाई भन्सार शुल्क लगाउँछु

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डलाई अमेरिकामा गाभ्ने अमेरिकी निर्णयविरुद्ध बोल्ने देशहरूलाई खुला धम्की दिएका छन्। ट्रम्पले कुनै पनि देशले ग्रिनल्याण्ड कब्जा गर्ने उनको योजनामा साथ नदिए ती देशहरूमाथि अत्यधिक भन्सार शुल्क लगाउने बताएका छन्। ट्रम्पले शुक्रबार ह्वाइट हाउसमा आयोजित एक बैठकमा उक्त अभिव्यक्ति दिएका हुन् । यद्यपि, उनले कुन-कुन देशमाथि भन्सार शुल्क लगाइनेछ […]

मस्कको एआई कम्पनीमाथि उनकै छोराकी आमाले हालिन् मुद्दा

वासिङ्टन डीसी । अमेरिकी खर्बपति व्यापारी एलन मस्कका एक सन्तानकी आमाले उनको कृत्रिम बौद्धिकता कम्पनीमाथि मुद्दा हालकी छिन् । एक्सएआई कम्पनीको एआई च्याटबोट ग्रोकले आफ्नो अश्लील डिपफेक तस्बिर बनाएको भन्दै एश्ले सेन्ट क्लेयरले न्यूयोर्कमा मुद्दा दायर गरेकी हुन् । ग्रोकले आफ्नो सहमति बिना यौनजन्य डीपफेक तस्बिरहरू बनाएको उनको आरोप छ । ग्रोकले वास्तविक व्यक्तिहरूलाई डिजिटल […]

तालिबान शीर्ष नेतृत्वमा फुट : सरकार नै ढल्न सक्ने गरी देशको भविष्यसम्बन्धी दृष्टिकोणमा मतभिन्नता

एजेन्सी । अफगानिस्तानको सत्तामा रहेको तालिबान समूहको शीर्ष नेतृत्वमा विभाजन उत्पन्न भएको देखिएको छ। दुइटा गुटमा अफगानिस्तानको भविष्य र कसरी शासन सञ्चालन गर्ने भन्ने तिनका धारणा र शैली नितान्त भिन्न छन्। अफगान सरकार ढलेपछि र अमेरिकाको नेतृत्वमा रहेका विदेशी सैनिकहरू फिर्ता भएपछि तालिबान सन् २०२१ मा सत्तामा पुगेको थियो। त्यस बेलादेखि कट्टरपन्थी इस्लामिस्ट समूहले देशमा […]

इरानमा सैन्य आक्रमणको योजना स्थगित गर्न ट्रम्पलाई इसराइल र अरब राष्ट्रहरूको अनुरोध

काठमाडौँ । इसराइल र अरब राष्ट्रहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमा सैन्य हमलाको योजना स्थगित अनुरोध गरेका छन्। इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बुधबार ट्रम्पसँग भएको टेलिफोन वार्तामा इरानमा हमला गर्ने निर्णय नगर्न अनुरोध गरेको अमेरिकी अखबार द न्यूयोर्क टाइम्सले जनाएको छ। त्यस्तो कदमले मध्यपूर्वमा क्षेत्रीय अस्थिरता थप बढ्न सक्ने चिन्ता व्यक्त गर्दै नेतन्याहूले सैन्य हमलाको […]

इरानको चेतावनीपछि अमेरिकाले फिर्ता बोलाउन थाल्यो मध्यपूर्वका सैन्य अड्डाबाट कर्मचारी

एजेन्सी । इरानले सैन्य आक्रमण गरे अमेरिकामाथि जबाफी हमला गर्ने चेतावनी दिएपछि अमेरिकाले मध्यपूर्वमा रहेका आफ्नो मुख्य मुख्य सैन्य अड्डाबाट कर्मचारी फिर्ता बोलाउन थालेको छ। इरानमा चर्केको प्रदर्शनलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगातार सैन्य हमलाको चेतावनी दिँदै आएकोमा इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैनिक अड्डालाई निशाना बनाउने चेतावनी […]

नेपालसहित ७५ देशको आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने अमेरिकाको घोषणा

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले बुधबार नेपालसहित अफगानिस्तान, इरान, रुस र सोमालियासहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने घोषणा गरेको छ। ट्रम्प प्रशासनले ती देशका नागरिकहरू अमेरिकामा बस्दा सार्वजनिक सहायतामा निर्भर हुन सक्ने सम्भावना रहेको भन्दै यो कदम चालेको हो। विदेशमन्त्री मार्को रुबियोको नेतृत्वमा रहेको विदेश मन्त्रालयले कन्सुलर अधिकारीहरूलाई प्रभावित देशहरूबाट आउने […]

ट्रम्पको चेतावनीपछि उग्र बनेको इरानको प्रदर्शनमा मृत्यु हुनेको संख्या ५०० पुग्यो

काठमाडौँ । इरानमा दुई सातादेखि जारी प्रदर्शनमा ५०० जनाको मृत्यु भएको दाबी गरिएको छ। अमेरिकास्थित मानवअधिकारवादी समूह एचआरएएनएले दुई हप्तादेखि चलेको प्रदर्शनमा ४९० जना प्रदर्शनकारी र ४८ जना सुरक्षाकर्मीको मृत्यु भएको भनेर रिपोर्ट सार्वजनिक गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। त्यस्तै साढे १० हजारभन्दा बढी प्रदर्शनकारीहरू पक्राउ परेका छन्। इरान सरकारले भने मृत्यु हुनेको आधिकारिक […]

एलेप्पोको भिडन्तपछि कुर्दिश सशस्त्र समूहको सुरक्षित बहिर्गमन

दमास्कस । सिरियाको एलेप्पो सहरबाट कुर्दिश नेतृत्वको सशस्त्र समूह सिरियन डेमोक्रेटिक फोर्सेज (एसडीएफ) का सबै लडाकु बाहिरिएका छन्। आइतबार बिहान सिरियाली रक्षा मन्त्रालयले युद्धविरामको घोषणा गर्दै सशस्त्र समूहलाई सहर छाड्न ६ घण्टाको समयसीमा दिएपछि लडाकुहरूको बहिर्गमन सुरु भएको हो। एसडीएफका नेता मजलुम अब्दीले अन्तर्राष्ट्रिय मध्यस्थतामा भएको सम्झौताका कारण लडाकु, घाइते, सहिदका परिवार तथा अलपत्र परेका […]