कारागारलाइ कमाउ अड्डा बनाउने जेलर पक्राउ

जिल्ला कारागार सप्तरीका जेलर कृष्णबहादुर दाहाल अख्तियारको फन्दामा परेका छन । जेलर दाहाल सो जेलमा रहेका कैदी वन्दीबाट घुस खाएपछि पक्राउ परेका हुन् ।

कैदी वन्दीलाई स्थानान्तरण गरिदीन भन्दै घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय वर्दिवास र इटहरीबाट खटीइ गएको संयुक्त टोलीले दाहाललाई रु.४०,०००।- (चालिस हजार) घुस वापतको रकम लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेको छ ।

कारागार रोडको मुरली चिया पसलबाट जेलर दाहाललाई नियन्त्रणमा लिइ अनुसन्धान कार्य भइरहेको अख्तियार प्रवक्ता पदमप्रसाद पाण्डेयले जानकारी गराएका छन ।

Loading...