उपराष्ट्रपति अदीबलाई भारतले दिएन शरण, आएकै बाटो पठायो फिर्ता

नयाँ दिल्ली । गैरकानुनी रूपमा भारतीय भूमिमा प्रवेश गर्ने प्रयास गरेको आरोपमा बिहीबार पक्राउ भएका माल्दिभ्सका पूर्व–उपराष्ट्रपति अहमद् अदीब अब्दुल गफुरलाई भारतले उनी आएकै मार्गको बाटो माल्दिभ्स फिर्ता गरेको भारतीय स्रोतले शनिबार जानकारी गराएको छ । उनले भारत प्रवेश गर्नका लागि आवश्यक कागजात नभएको भनी भारतको तामिलनाडुस्थित बन्दरगाह शहर टुटिकोरिनबाट सुरक्षा नियन्त्रणमा लिइएको थियो । […]