प्रदेशसभामा मिडिया सेन्टर स्थापना हुँदै

हेटौँडा, २३ साउन । प्रदेश नं ३ को प्रदेशसभा सचिवालयले पत्रकारका लागि मिडिया सेन्टरको स्थापना गर्ने भएको छ । प्रदेशसभा बैठकबाट समाचार सम्प्रेषण सहज होस् भन्नका लागि व्यवस्थित मिडिया सेन्टर स्थापना गर्न लागिएको जनाइएको छ । मिडिया सेन्टर नहुँदा प्रदेशसभामा समाचार सङ्कलन गर्ने सञ्चारकर्मीले समस्या भोग्नुपरेकाले मिडिया सेन्टर स्थापना गर्न लागिएको प्रदेशसभा सचिवालयले जनाएको छ […]