धेरै चर्चापछि बल्ल भए योगेश पर्यटनमन्त्रीमा नियुक्त

काठमाडौं, १५ साउन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री भएका छन् । दिउसो ४ बजे भट्टराईले राष्ट्रपति कार्यालय शीतल निवासमा मन्त्रीको सपथ लिएका हुन् । गत फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको मृत्यु भएपछि पर्यटन मन्त्रालय मन्त्रीविहीन रहेको थियो […]