नगरप्रमुखले एकलौटी निर्णय गर्न थालेपछि पाँच वडाध्यक्षले दिए सामूहिक राजीनामा

बाजुरा, ६ भदौ । जिल्लाको बडिमालिका नगरपालिकाका पाँच वडाध्यक्षले सामूहिक रुपमा राजीनामा दिएका छन् । प्रचलित नीति नियम र ऐन कानून विपरीत नगरप्रमुख, उपप्रमुखले एकलौटी निर्णय गर्ने र समितिका सदस्यलाई समेत जानकारी नदिई मनोमानी गर्ने क्रम नरोकिएकाले बिहीबार एक ध्यानाकर्षणपत्रसहित पाँचै वडाध्यक्षले सामूहिक रूपमा राजीनामा दिएका हुन् । नगर कार्यपालिकाको बैठकमै विकास समितिका सदस्य नरहने […]