मध्यराति फर्निचर उद्याेगमा आगलागी हुँदा ६५ लाखको क्षति

घोराही, ३२ साउन । दाङको लमही नगरपालिका–५ स्थित विश्वास काष्ठ फर्निचर उद्योगमा गएराति आगलागी हुँदा करीब रु ६५ लाखको क्षति भएको छ । उद्योग सञ्चालक रविलाल आचार्यका अनुसार मध्यरातमा एक्कासी आगो लागेपछि सबै सामान जलेर नष्ट भएको छ । “मध्यरातमा आगो लाग्दा नियन्त्रण गर्न धौधौ भयो”, उनले भने । विद्युत् सर्ट हुँदा आगलागी भएको हुन […]

जनप्रतिनिधिको सवारीसाधनप्रति मोह

घोराही, १८ साउन । लामो समयसम्म देशभर स्थानीय तहमा जनप्रतिनिधि रिक्त रह्यो । झण्डै दुई दशकपछि स्थानीय तहमा जनप्रतिनिधिमा जितेर आएका राजनीतिक दलका नेता अधिकांश सुविधा भोगी देखिएका छन् । जनप्रतिनिधि स्थानीय तहमा आएपछि उनीहरुको पहिलो प्राथमिकता भनेकै सवारीसाधन उपयोगमा भएको छ । दाङ जिल्लामा मात्रै पनि करीब २३ देखि ६० लाखसम्मका सवारीसाधन जनप्रतिनिधिले प्रयोग […]

लोकसेवाको परीक्षा केन्द्रदेखि परीक्षार्थी बास बस्ने ठाउँसम्म प्रहरीको कडा सुरक्षा

दाङ, ४ साउन । लोकसेवा आयोगको परीक्षालाई लक्षित गरेर दाङमा सुरक्षा व्यवस्था कडा पारिएको छ । दाङको तुलसिपुरमा परीक्षा केन्द्र तोकिएपछि तुलसिपुरसहित जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको हो । परीक्षा लाई थप व्यवस्थित र मर्यादित बनाउन जिल्लाको सबै सुरक्षा स‌यन्त्रलाई परिचालन गरिएको दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले जानकारी दिए । उनका अनुसार परीक्षा केन्द्रबाट […]

एक वर्षमा एक हजार ७२ उद्योग थपिए

घोराही, ३ साउन । दाङमा आर्थिक वर्ष २०७५/७६ मा एक हजार ७२ उद्योग थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७५/७६ मा एक हजार ७२ वटा उद्योग दर्ता भएका छन् । यो सङ्ख्या अघिल्लो आर्थिक वर्षको भन्दा बढी हो । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख वासुदेव रिजालका अनुसार […]

कृष्णबहादुर महरा १३९२३ मत अन्तरले विजयी

दाङ, २३ मंसिर । माअाेवादी केन्द्रका नेता कृष्णबहादुर महरा दाङ क्षेत्र नम्बर २ बाट विजयी भएका छन । दाङ २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका महराले नेपाली कांग्रेसका राजु खनाललार्इ पराजित गरी विजयी भएका हुन् । महराले कांग्रेस उम्मेदवार १३ हजार ९ सय २३ मतकाे अन्तरले पराजित गरेका छन् । महराले ३९ हजार ९ सय […]

महराकाे घरमा नेकपाकाे कालाेझन्डा

दाङ, २१ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीले माओवादी केन्द्रका वरिष्ठ नेता कृष्णबहादुर महराको घरमा कालो झण्डा गाडेको छ । दाङ क्षेत्र नम्बर दुईबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका नेता महराको आधुनिक घरमा सोमबार राति झण्डा गाडेको नेकपा दाङले बताएको छ । पार्टीको जारी चुनाव खारेज अभियान अन्तरतगत महराको घोराहीस्थित घरको मुख्य गेटमा चुनाव विरोधी […]