डोटीमा जिप दुर्घटना, एकजनाको निधन

डोटी । डोटीको बडिकेदार गाउँपालिका–३ देवलमा बिहान करिब साढे ९ बजे बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ ।  जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सु.प.प्र.०१–००१ च ४६५१ नम्बरको बोलेरो जिप भित्री कच्ची सडकमै पल्टिएको थियो । उक्त दुर्घटनामा परी बडिकेदार गाउँपालिका–३ की ३५ वर्षीया लक्ष्मी कुमारी सलामीको घटनास्थलमै ज्यान गएको हो । जिप […]

बजार अनुगमनमा पाँच लाखको अखाद्य वस्तु फेला

डोटी, १२ असोज । जिल्लामा दशैँ, तिहारलगायतका चाडपर्वमा अखाद्य वस्तु बिक्री वितरण नहोस् भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय डोटीको अगुवाइमा शनिबार बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय, दिपायल सिलगढी नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उद्योग वाणिज्य सङ्घ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, उपभोक्ता अधिकार मञ्च, पत्रकारसहितको टोलीले शनिबार दिपायलको प्रमुख व्यापारी […]

विद्युत उपकरण धमाधम चोरी हुँदै

डोटी, २६ साउन । उचित संरक्षण तथा संवद्र्धन नगरिँदा सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलको समूहगाढमा रहेको समूहगाढ जलविद्युत् आयोजनाका महत्वपूर्ण सामग्री धमाधम चोरी हुन थालेका छन् । विसं २०३८ मा दिपायलको कुलपाते नजिक समूहगाढ खोलामा निर्माण गरिएको २०० किलोवाट क्षमताको विद्युत् पावरहाउसमा विसं २०६६ भदौमा आएको बाढीपहिरोले क्षति पु¥याएपछि अहिले सो पावरहाउस बेवारिसे अवस्थामा रहेको […]