तिब्बती भेडा च्याङ्ग्रा आउनै छाडे

दार्चुला, १८ असोज । मासुका लागि राम्रो मानिने तिब्बती भेडा च्याङ्ग्रा तीन वर्षदेखि यहाँ आउनै छाडेका छन् । चीनको तिब्बतबाट हरेक वर्ष दशैँका लागि आयात हुँदै आएका भेडा च्याङ्ग्रामा प्रतिबन्ध लागेपछि बजारमा आउनै छोडेका हुन् । विगतमा नेपालकै बाटो भएर भेडा च्याङ्ग्रा तिब्बतबाट खलङ्गा आउँथे भने केही वर्षदेखि नेपालको भूमि भएर आउन बाटोघाटो छैन । […]