चौरजहारीमा पनि सुरु गरियो नगरबस सेवा

मुसिकोट, २६ कात्तिक । रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले सोमबारदेखि नगरबस सञ्चालनमा ल्याएको छ । नगरपालिकाभित्रका नागरिकलाई सहुलियत यातायातको व्यवस्था दिने योजनासहित नगरबस सञ्चालनमा ल्याइएको हो । नगर क्षेत्रका सबै भू–भागमा बस सञ्चालन हुने गरी तीन नगरबस सञ्चालन गरिएका नगरप्रमुख विशाल शर्माले बताए । उनका अनुसार सहुलियत भाडादर कायम गरी नगरपालिकाले २६ र ३२ सिट क्षमताका तीन […]