२ करोड चन्दा मागिएपछि गाउँ छोडेर काठमाडौं बसिरहेका गाउँपालिका अध्यक्षको यस्तो पीडा

काठमाडौँ । रामेछापको लिखु–तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्का विगत एक महीनादेखि निक्कै तनावमा थिए । अपरिचित व्यक्तिबाट फोनमार्फत दुई करोड रुपैयाँ नदिए अपरहण गर्ने र मार्ने धम्की लगातार आइरह्यो । त्यसैले उनी पछिल्लो समयमा गाउँपालिका फर्केका थिएनन् । काठमाडौँस्थित घरमै बसे । खड्काले भने, “यति बजे त घरबाट निस्किस्, फलानो ठाउँमा पुगिस्, तैले यस्तो कपडा […]