नेपालको विश्वविद्यालय शिक्षामा शुद्धिकरण गर्नैपर्ने यी कुरा

नेपालको विश्वविद्यालय शिक्षा संसारकै कान्छोमध्येमा पर्छ । वि.स. २०१५ सालसम्म नेपालमा विश्वविद्यालय नै थिएन । नेपालमा २०१५ सालमा विश्वविद्यालय स्थापना भयो जुन भारतमा अंग्रेजहरुले विश्वविद्यालय स्थापना गरेको एक सय वर्षपछि मात्रै सम्भव भएको थियो । अंग्रेजले मद्रास, कलकत्ता र मुम्बइमा विश्वविद्यालय सन् १८५७ मा खोलिसकेका थिए । यसरी हेर्दा राणाहरु भन्दा अंग्रेजहरु जनताप्रति बढी उदार […]