त्रिविको उपकुलपतिमा डा बाँस्कोटा नियुक्त

काठमाडौँ, १७ कार्तिक । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा डा धर्मकान्त बाँस्कोटा नियुक्त भएका छन् । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले आज ‘सर्च कमिटी’ को सिफारिसमध्येबाट डा बाँस्कोटालाई नियुक्त गरेका हुन् । नाक, कान र घाँटी रोग विशेषज्ञ झापा निवासी डा बाँस्कोटा त्रिवि शिक्षण अस्पतालमा सो विषयमा पूर्व विभागीय प्रमुख तथा नेपाल मेडिकल काउन्सिलको […]

उपकुलपति विरुद्ध विशेष अदालतमा १ करोड २८ लाखको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयाेग अनुसन्धान आयोगले वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा.राज कुमार रौनियार विरुद्ध १ करोड २८ लाखको भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले राैनियारलाइ केही दिन पहिले कार्यकक्षबाटै गिरफ्तार गरेकाे थियाे । साेही प्रतिष्ठानमै कार्यरत उनका भतिज डा‍. रामहरि रौनियार विरुद्ध पनि अख्तियारले ८ लाख रुपैयाँ विगो दावी सहित मुद्दा […]

अनेकाै किचलोको भूमरीमा सुदूरपश्‍चिम विश्‍वविद्यालय

कञ्चनपुर, १७ साउन । कञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयका कर्मचारीले रजिष्ट्रारको सरकारी निवासमा बसेर कार्यालयको अत्यावश्यक काम गर्दै आएका थिए। विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तीन महीनाअघिदेखि तालाबन्दी गरिरहेको नेपाल विद्यार्थी सङ्घले कर्मचारी रजिष्ट्रारको निवासबाट कार्यालयको कामकाज भइरहेको थाहा पाउनासाथ गत सातादेखि निवासमै तालाबन्दी गर्न पुगे। सुदूरपश्चिम विश्वविद्यालयका तत्कालीन उपकुलपति प्रा भूषण श्रेष्ठ र रजिष्ट्रार द्विजराज […]