मतदानको ७२ घण्टाअघि सीमानाका सिल गर्ने उच्चस्तरीय निर्वाचन सुरक्षा बैठकको निर्णय

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन भन्दाअघि सीमानाका सिल गर्ने निर्णय गरिएको छ । मंगलबार निर्वाचन आयोगमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले नेपाल–भारत र नेपाल–चिन तर्फको सीमाना मतदान हुनुभन्दा ७२ घण्टाअघि सिल गर्ने निर्णय गरेको हो । सीमानामा ७२ घण्टाअघि आवागमन बन्द गर्ने निर्णय गरिएको बैठकमा सहभागी निर्वाचन आयोगका एक जना […]

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

nepse

काठमाडौं । मंगलबार नेप्से परिसूचक २१.६२ अंकले बढेको छ । बजार २६३८.६० अंकमा पुगेर बन्द भएको छ । ३२८ वटा कम्पनीको सेयर कारोबार भएको छ ।४३ हजार ९३ पटकको कारोबार हुँदा ९३ लाख ६४ हजार ९३८ कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार रकम भने ४ अर्ब २३ करोड २४ लाख  रुपैयाँ पुगेको छ । […]

देशका विभिन्न भागमा कर्फ्यु लगाएर सरकारले मतदातामा त्रास फैलायो : एमाले

काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको ९ दिनअघि देशका विभिन्न भागमा सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएर मतदातामा डर र त्रास फैलाएको आरोप लगाएको छ । मंगलबार पत्रकार सम्मेलन गरेर एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले सर्वसाधारणको शान्ति सुरक्षाका नाममा निषेधाज्ञा र कर्फ्यु जारी गर्नु सुरक्षा व्यवस्थापनको कमजोरी भएको बताएका […]

निर्वाचनमा बालबालिका प्रयोग नगर्न र शान्ति सुरक्षा मजबुत बनाउन आयोगको निर्देशन

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा राष्ट्रिय मानव अधिकार आयोगले देशको सुरक्षा अवस्था र निर्वाचन आचारसंहिता उल्लंघनका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले एक विज्ञप्ति जारी गर्दै निर्वाचनपूर्वको अनुगमनलाई देशैभर तीव्र पारिएको जानकारी दिएका हुन्। पछिल्लो समय दाङ, रौतहट र पर्सा लगायतका जिल्लाहरूमा राजनीतिक […]

एपस्टिन प्रकरणमा बेलायतका पूर्वराजदूत म्यान्डेलसन पक्राउ

एजेन्सी । बेलायतका पूर्व राजदूत पिटर म्यान्डेलसन पक्राउ परेका छन्। जेफ्री एपस्टिनसँग सम्बन्धित फाइलहरूमा उनको नाम पनि मुछिएपछि सोधपुछका लागि पूर्वराजदूत म्यान्डेलसनलाई सोमबार पक्राउ गरिएको हो। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार म्यान्डेलसन एपस्टिनबीच भएको संवादहरू सरकारले प्रहरीलाई उपलब्ध गराएको थियो। सोही अनुसार अनुसन्धानका लागि ७२ वर्षीय म्यान्डेलसनलाई सोमबार बिहान उनकै घरबाट पक्राउ गरिएको हो। त्यतिबेला […]

मानव अधिकार ‘वैश्विक सम्पत्ति’, प्रवर्द्धनमा साझा जिम्मेवारी : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल मानवअधिकारको संरक्षण र प्रवर्द्धनमा पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारेकी छन् । जेनेभामा आयोजित मानवअधिकार परिषदको ६१ औँ नियमित सत्रमा नेपाली प्रतिनिधिमण्डलको प्रमुखको हैसियतमा भिडियो सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सो धारणा राखेकी हुन् । अब मानवअधिकारलाई संस्थागत बनाउने र संस्कृतिको रुप बनाउने कुरालाई प्राथमिकता दिएको उनले बताइन् । मानवअधिकारलाई ‘वैश्विक […]

जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा

काठमाडौं । सरकारले जंगली बँदेललाई पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । वन तथा वातावरण मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै जंगली बँदेल लखेट्न तथा पक्रन सहज गरेको हो । कृषि हानिकारक वन्यजन्तु घोषणा भएसँगै जंगली बँदेलले निजी खेत, खला, बारीमा आई क्षति पुर्‍याउने अवस्था आएमा तोकिएको सर्तको अधिनमा रही विनाअनुमति […]

रविलाई घिमिरेको जवाफ – माइक काट्नु सभामुखको व्यक्तिगत निर्णय होइन, नियमावली अनुसार हुन्छ

काठमाडौँ । निवर्तमान सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूविरुद्ध घृणा फैलाउने नियतले भ्रमित पार्ने अभिव्यक्ति दिएको आरोप लगाएका छन् । झापाको बिर्तामोडमा मंगलबार आयोजित पार्टीको चुनावी कार्यक्रममा लामिछानेले घिमिरेलाई ‘जनताको आवाज उठाउँदा माइक काट्ने सभामुख’ भन्दै टिप्पणी गरेका थिए । त्यही टिप्पणीको सन्दर्भमा घिमिरेले प्रेस विज्ञप्ति जारी गरी घिमिरेले लोकतान्त्रिक अभ्यासमा […]

अमेरिकामा भीषण हिमपात : ४८ वर्ष पुरानो रेकर्ड तोडियो, जनजीवन ठप्प

न्युयोर्क । अमेरिकाको पूर्वी तटीय क्षेत्रमा सोमबार आएको भीषण हिमपातले जनजीवन अस्तव्यस्त बनाएको छ। दशकौँपछिको रेकर्ड तोड्ने गरी भएको यो हिमपातका कारण लाखौँ मानिस प्रभावित भएका छन् भने हजारौँ उडानहरू रद्द गरिएका छन्। न्युयोर्कदेखि म्यासाचुसेट्ससम्मका क्षेत्रहरू हिउँको बाक्लो तहले ढाकिएका छन्, जसले गर्दा सडक, हवाई र विद्युत् सेवा पूर्ण रूपमा प्रभावित भएको छ। राष्ट्रिय मौसम […]

दुर्गा प्रसाईको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइका लागि पेसी तोकिएको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासमा उक्त रिटमाथि सुनुवाइ हुने भएको हो । यसअघि सोमबार सर्वोच्च अदालतले महान्यायाधिवक्ताको कार्यालयबाट सम्बन्धित फाइल झिकाउन आदेश जारी गरेको थियो । प्रसाईंकातर्फबाट दायर बन्दीप्रत्यक्षीकरण रिटमाथि प्रारम्भिक सुनुवाइका क्रममा जिल्ला प्रहरी […]