भक्तपुर । चक्रपाणि स्मारक प्रतिष्ठानले साहित्यकार चक्रपाणि चालिसेको १४३ औं जन्मजयन्ती मनाएको छ । सूर्यविनायक- ५, कटुञ्जेस्थित चक्रपाणि चोकमा आयोजित विशेष समारोहमा प्राडा दयाराम श्रेष्ठलाई रु. २० हजार राशिसहितको चक्रपाणि स्मरण पुरस्कारद्वारा सम्मानित गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ निबन्धकार एवम् प्रशिद्ध साहित्यिक पत्रकार रोचक घिमिरेले श्रेष्ठलाई पुरस्कार प्रदान गर्दै उनी इमानदार अध्ययता, शिल्पी […]
समाचार
ईप्सन अन्तरविद्यालय नृत्य प्रतियोगितामा युनिटी पहिलो, पछिपछि इडेन गार्डेन र क्वालिटी
भक्तपुर । अन्तरविद्यालय लोक नृत्य तथा एकल नृत्य प्रतियोगितामा सूर्यविनायक–५ स्थित यूनिटी स्कूलले दुवै विधामा प्रथम स्थान हासिल गरेको छ। इडिफाइ प्राइभेट स्कूल अर्गनाइजेसन नेपाल (ईप्सन)को आयोजनामा बिमल मेमोरियल विद्यापीठमा सम्पन्न कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले आकर्षक प्रस्तुति दिएका थिए। सामूहिक लोक नृत्यतर्फ यूनिटी स्कूलले प्रथम स्थान प्राप्त गर्दा ईडेन गार्डेन स्कूल दोस्रो, सूर्योदय स्कूल तेस्रो […]
घरबाट डेराको यात्राः एक अनुभूती
काठमाडौ । १६ वर्षको उमेरमा, २०३७ सालमा पढाइका लागि घर छोडें। त्यसपछि सुरु भएको मेरो डेरावास २०६० सालसम्म निरन्तर रह्यो। राजनीतिक कारणले विद्यालय पढ्न नसकेपछि दाजु देवी पोखरेलको मार्गदर्शनमा म वनारस पुगें, पढाइलाई निरन्तरता दिनका लागि। त्यो बेला वनारस नेपालीहरूको धार्मिक, शैक्षिक र राजनीतिक गतिविधिको केन्द्र जस्तै थियो। त्यहाँ मैले नेपाली समुदायसँग मिलेर पढाइ, राजनीति […]
नबिल बैंकले कमायो पौने २ अर्ब नाफा
काठमाडौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अवधिमा नबिल बैंक लिमिटेडले पौने २ अर्ब रुपैयाँको नाफा कमाउन सफल भएको छ । बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वितीय विवरण अनुसार १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको हो । बैंकको यो नाफा गत आवको सोही अवधिको तुलनामा कम हो । गत आवको पहिलो […]
विब्यस अध्यक्षको प्रहारबाट प्रअको आँखामा गम्भीर चोट
सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका–१ स्थित श्री भुवनेश्वरी आधारभूत विद्यालयकी प्रधानाध्यापक अञ्जना भण्डारीमाथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश भनिने खाम्सोङ तामाङले कुटपिट गरेका छन् । अध्यक्ष तामाङको प्रहारबाट प्रधानाध्यापक भण्डारीको आँखामा गहिरो चोट लागेको छ । आक्रमणको घटनाले शिक्षा क्षेत्र स्तब्ध बनेको बुद्धिजीवीहरु बताउँछन् । नेपाल शिक्षक महासंघ इन्द्रावती नगर कमिटीले घटनाप्रति आपत्ति जनाएको छ । […]
फुट्न माफिर कम्युनिस्ट पार्टी एकसाथ दश दल जुटेर राखे रेकर्ड
काठमाडौं । नेपालको राजनीतिक इतिहासमा फुट्न माफिर कम्युनिस्ट पार्टीहरु एकसाथ जुटेर रेकर्ड राखेका छन् । विभिन्न पार्टीमा बिभाजित दश वामपन्थी शक्तिहरू मिलेर ‘नेपाली कम्युनिस्ट पार्टी’ नामक नयाँ पार्टी निर्माण गरेका हुन् । देशभरका वाम समर्थकहरूलाई उत्साहित बनाउदै बुधबार नेपाली कम्युनिस्ट पार्टीको एकता सम्मेलन उद्घाटन समेत सम्पन्न गरिएको छ । नयाँ पार्टीमा पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा(माओवादी […]
एनप्याव्सन भक्तपुरको गायन प्रतियोगिता सम्पन्न, ईडेन गार्डेनका जय र श्रीया प्रथम
भक्तपुर । नेसनल प्याव्सन भक्तपुरअन्तर्गत ऋतम्भरा पाठशालाले आयोजना गरेको एकल गायन प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा ईडेन गार्डेन स्कुलका जय महतले माध्यमिक तहमा र सोही स्कुलकी श्रीया न्यौपानेले आधारभूत तहमा प्रथम स्थान हासिल गरेका छन्। आधारभूत तहतर्फ दोस्रो स्थान जागृति विद्या सदनकी यूनिशा लामा, तेस्रो स्थान क्वालिटी स्कुलकी प्रियान्सू खड्का र सान्त्वना स्थान […]
पूर्वराष्ट्रपतिले लिइन् नागरिकताको प्रतिलिपि
पूर्व राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकताको प्रतिलिपि लिएकी छन् । गत भदौ २४ गते भएको आन्दोलनका क्रममा घर जल्दा उनको नागरिकता पनि जलेको थियो । भण्डारी मंगलबार आफै जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेर नागरिकताको प्रतिलिपि लिएकी हुन् । प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले भण्डारीलाई प्रतिलिपि प्रदान गरेका थिए । सो अवसरमा […]
एसएसपी बोगटी भन्छन्, “साइबर अपराध प्रहरी र समाज दुवैका लागि चुनौती भयो”
ललितपुर । ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीले नागरिकले घरमै बसेर प्रहरी सेवाबाट लाभ लिन सक्ने वातावरण बनाउन लागिपरेको जानकारी दिएका छन्। जिल्ला प्रहरी परिसर ललितपुरले सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले प्रहरीले सम्पादन गरिरहेका कामकारवाहीबारे जानकारी दिंदै कानूनी राज्यको प्रत्याभूति दिन कुनै कमी नगर्ने प्रतिबद्धता जनाए। उनका अनुसार प्रहरी र नागरिक समाजका दुई […]
शहीदपत्नी एवं बागमती प्रदेशकी पूर्वमन्त्री जोन्छेंको निधन
भक्तपुर । नेपाली कांग्रेस महासमिति सदस्य एवं बागमती प्रदेश सरकारकी पूर्व मन्त्री रजनी अमात्य जोन्छेंको निधन भएको छ । उपचारको क्रममा मंगलबार बिहान मध्यपुर अस्पतालमा ७७ वर्षको उमेरमा जोन्छेको निधन भएको पारिवारिक श्रोतले जनाएको हो । उनी नेपाली कांग्रेस भक्तपुरको पूर्व सभापतिसमेत रहेका शहीद राधेश्याम जोन्छेकी धर्मपत्नी हुन् । ललितपुरको पाटनमा जन्मिएकी उनले २०३५ सालमा […]











