इन्द्रेणीका कँडेललाई १ लाख राशीसहित कालीभक्त पन्त लोकसाहित्य अन्तराष्ट्रिय पुरस्कार

भक्तपुर, ४ फागुन । कालीभक्त पन्त लोकसाहित्य अन्तराष्ट्रिय पुरस्कार २०७६ दसकौँदेखि नेपाली लोकसाहित्य तथा संस्कृति जगेर्नाका लागि इन्द्रेणी कार्यक्रम मार्फत निरन्तर लागि परेका कृष्ण कँडेललाई प्रदान गरिने भएको छ । कालीभक्त-कृष्णा पन्त स्मृति प्रतिष्ठानद्वारा प्रदान गरिने उक्त पुरस्कार देश तथा विदेशमा बसी नेपाली लोकसाहित्यमा उल्लेख्य योगदान पुर्याउने संस्था तथा व्यक्तिलाई प्रदान गर्ने गरिएको छ । […]

वाबुको कुटाइबाट २६ वर्षकी छोरीको मृत्यु

काठमाडौं, २ फागुन । सन्तानका लागि  वाबु अभिभावक र संरक्षक दुबै हुन् । तर, त्यति संरक्षक वाबुको कुटाइबाट झापामा एक छोरीको ज्यान गएको छ । झापाको शिवसताक्षी नगरपालिका–९ मा बञ्चरोको बिडले हिर्काएर वावुले झड्केली छोरीको हत्या गरेका छन् । शिवसताक्षीका ४६ वर्षिय भिमबहादुर ठटालले २६ वर्षकी छोरी रेखा ठटाल लिम्बूको हत्या गरेका हुन् । स्थानीयका […]

नियम विपरीत हेलिकप्टर उडान तथा अवरतण हुदा वन्यजन्तुमा असर

२ फागुन । सगरमाथा राष्ट्रिय निकुञ्जले बिना अनुमति निकुञ्जमा प्रयोग गरिएका दुई ‘ड्रोन क्यामेरा’ जफत गरेको जनाएको छ । निकुञ्जका प्रमुख भूमिराज उपाध्यायका अनुसार उक्त क्यामेरा जोरसल्ले र डोले क्षेत्रबाट बरामद गरिएको हो । अहिले ती क्यामेरा विभागमा पठाउने तयारी भइरहेको निकुञ्जले जनाएको छ । निकुञ्ज क्षेत्रमा बिना अनुमति क्यामेरा तथा ड्रोन क्यामेरा प्रयोग गर्न […]

प्रेमको प्रतिक रातो गुलाब(प्रेम दिवस)

काठमाडौँ, २ फागुन  । विश्वभर फेब्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदैछ । नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवा युवतीले विशेष चाडकै रूपमा मनाउन थालेका छन् । यो दिवसले सहरी समाजमा त नयाँ संस्कृतिकै रूप लिएको छ । यो दिन प्रेमि प्रेमिकाले एक अर्कालाई उपहार दिएर माया दर्साउने र प्रेम प्रस्ताव राख्ने गर्छन् । “विल […]

भक्तपुरबाट लागुऔषधसहित पाँच जना पक्राउ

मध्यपुरथिमि, २ फागुन । भक्तपुरको मध्यपुरथिमि र सूर्य विनायकबाट लागुऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४ चार दोबाटोबाट तीन र सूर्यविनायक नगरपालिका–१ सिरुटारबाट दुई जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता दीपक गिरीले जानकारी दिए । लागुऔषध नाइट्रोपाम ३३० ट्याब्लेटसहित सिन्धुपाल्चोकको यमुनाडाँडा–४ बस्ने २६ वर्षीय रामकुमार खड्का, सूर्यविनायक नगरपालिका–५ कटुन्जे बस्ने […]

कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ हजार ३०० नाघ्यो

एजेन्सी, कोरोना भाइरसबाट बढी सङ्क्रमित भएको भनिएको चीनको हुबेइ प्रान्तको वुहानमा मात्र एकै दिनमा २४२ जनाको ज्यान गएको एक समाचारमा बताइएको छ । हुबेइ प्रान्तको वुहानबाट गत वर्षको अन्त्यतिरबाट यसको सङ्क्रमण शुरु भएको बताइएको थियो । यस भाइरसबाट हुने सङ्क्रमणलाई हालैमात्र वैज्ञानिकहरुले ‘कोभिड–१९’ नाम दिएका छन् । प्रतिदिन यस रोगको प्रकोप फैलिएसँगै एकै दिनमा ज्यान […]

कोरोना भाइरस संक्रमणको त्रासलेबसाइँ सर्ने तयारीमा खरिपाटीवासी

काठमाडौँ, १ फागुन । नेपाल सरकारले चीनबाट उद्धार गरी फर्काइएका नेपालीलाई भक्तपुरको खरिपाटीमा राख्ने भएपछि नोवल कोरोना भाइरस संक्रमणको त्रासले स्थानीय बसाइँसराइको तयारीमा जुटेका छन्। चीनको हुबेई प्रान्तको वुहानबाट एक सय ८० भन्दा बढी नेपालीलाई स्वदेश ल्याई खरिपाटीस्थित विद्युत् तालिम केन्द्रलगायत स्थानमा क्वारेन्टाइनमा राख्ने भएपछि रोग सर्ने डरले बसाइँ सर्न लागेको स्थानीयले बताएका छन्। स्थानीयका […]

बसको ठक्करबाट नायिका महिमा सिलवाल र उनकी बहिनीको मृत्यु

काठमाडौं, १ फागुन । बुधबार साँझ करिब पौने ५ बजे भैरहवाबाट काठमाडौं आउँदै गरेको लु २ ख १३५ नम्बरको बसले धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ चाम्बासमा नायिका महिमा चढेको स्कुटरलाई ठक्कर दिँदा नायिका महिमाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए। बसको ठक्करबाट ढलेकी महिमालाई उपचारका लागि गजुरी […]

पुल्चोकको एक पसल करोडौको सुन चोरेर भाग्दै गरेका तीन भारतीयलाई थानकोटमा प्रहरीले यसरी पक्रियो

काठमाडौं, २९ माघ । ललितपुरको पुल्चोक क्षेत्रको एक सुन पसलबाट करोड बढीको सुन लुटिएको छ । प्रहरीले एक सुन पसलबाट लुटेको एक करोड बराबरको सुनसहित तीन भारतीय पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग पुल्चोक र अपराध महाशाखा ललितपुरको टोलीले उनीहरूलाई सतुंगल र थानकोटबाट पक्राउ गरेको हो । एक साताअघि रातको समयमा पसल फोडेर ‘सेफ’ […]

भोलि देखि करिब ३० लाख बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप लगाउँदै

काठमाडौं, २९ माघ। सरकारले भोलि देखि २ महिनासम्म नेपालका करिब ३० लाख बालबालिकालाई दादुरा र रुवेला रोगविरुद्धको खोप लगाउँदैछ । पहिलो चरणअन्तर्गत फागुनमा प्रदेश १, २ र ५ का बालबालिकालाई खोप लगाउने र दास्रो चरणमा चैतमा बागमती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा यो अभियान सञ्चालन हुनेछ । सबै स्थानीय तहसँग समन्वय गरी खोप अभियान सञ्चालन […]