राजविराज, ७ भदौ । सप्तरीमा हालै वर्षासँगै आएको बाढीका कारण जिल्लाका विभिन्न भागमा बाढी पसेपछि अहिले सर्पको बिगबिगी बढेको छ । पछिल्लो पटक सप्तरीको विभिन्न नगरपालिका र गाउँपालिकामा सयौँ व्यक्तिलाई सर्पले टोकेको बताइएको छ । खोलानाला र नदीमा पानी पसेपछि आफ्नो बासस्थान गुमाएर बगेर आएका सर्पको बिगबिगी बढेको जिल्लावासीको भनाइ छ । खासगरी बाढी प्रभावित […]
मुख्य समाचार
बाढी पीडितलाई गाँसभन्दा पनि बासको समस्या
पोखरा, ७ भदौ । कास्कीको माछापुच्छ«े गाउँपालिका– ५ रिभान हुम्दीगाउँका बाढी पीडितलाई अहिले गाँस भन्दा बासको समस्याले पिरोलेको छ । गत साउन २४ गते रातिको भीषण वर्षासँगै हुम्दी खहरे खोलामा आएको बाढीले गाउँलाई बगरमा परिणत गरिदिएपछि १३ घर परिवार अहिले विस्थापित भएका छन् । बाढीले घरबारी सबै पुरिदिएपछि उनीहरू आफन्तको घरमा बस्दैआएका छन् । खान […]
रसुवागढी नाकाबाट सामान आउन थाले
रसुवा, ७ भदौ । नेपाल–चीनबीचको रसुवागढी नाकाबाट नेपाल भित्रिएका मालसामानको भन्सार परीक्षण र राजश्व असुली कार्य शुरु भएको छ । प्रमुख भन्सार अधिकृत केदारप्रसाद पनेरुका अनुसार केही मालवस्तुमाथि लगाइएको परिमार्जित भन्सार शुल्कप्रति व्यवसायीले असन्तुष्टि जनाएका कारण केही समय भन्सार जाँचमा अलमल भएपनि मंगलबारदेखि व्यापारीले आयात गरेका आफ्ना मालवस्तुको घोषणा कार्य शुरु गरेका र एक दिन […]
बाढीबाट चितवनमा मात्र २ करोड ७४ लाखका पशुपक्षी क्षति
चितवन, ७ साउन । गत महिना आएको बाढीका कारण जिल्लामा दुई करोड ७४ लाख ४३ हजार बराबरको पशुपक्षी क्षति भएको छ । जिल्ला पशु सेवा कार्यालयका अनुसार बाढीका कारण सबैभन्दा बढी क्षति कुखुरामा भएको छ । ब्वायलरतर्फ एक करोड ३९ लाख ५० हजार, लेयर्स कुखुरा ८८ लाख ४४ हजार, स्थानीय कुखुरा तीन लाख तीन हजारको […]
प्रधानमन्त्री देउवा पुगे मोदी महल, विमलेन्द्रले पाए बक्सिस्
काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको कार्यबाहक सभापतिको जिम्मेवारी पूर्व महामन्त्री एवं केन्द्रीय सदस्य विमलेन्द्र निधिलाई दिएका छन् । पार्टीका पदाधिकारी र प्रभावशाली नेताहरुलाई पछि पार्दै निधि कार्यबाहक सभापति भएका हुन् । उनी देउवाका विश्वासपात्र मानिन्छन् । देउवाकाे भारत भ्रमणका सुत्रधार बिमलेन्द्र बनेपछि उनलाई कावा सभापति बक्सिसमा मिलेको काँग्रेस स्रोतले बतायो । काँग्रेसमा बिमलेन्द्रको प्रभाव हेर्न […]
गोरखा आयुर्वेद कम्पनीका उत्पादन युरोप निर्यात
गोरखा, ७ भदौ । सदरमुकामको हरमटारीमा सञ्चालित गोरखा आयुर्वेद कम्पनीका उत्पादन युरोपका बिभिन्न देशमा निर्यात हुने गरेका छन् । कम्पनीले आयुर्वेदिक औषधि र चियालगायत सामग्री उत्पादनलाई विशेष प्राथमिकता दिँदै आएको छ । जंगलमा खेर गएका विभिन्न जडीबुटी (कच्चापदार्थ) प्रयोग गरी विभिन्न रोग विरुद्धका ८० प्रकारका औषधि उत्पादन हुँदै आएको कम्पनीका गोरखास्थित इञ्चार्ज अर्जुन अर्यालले जानकारी […]
नयाँ शक्ति भ्रम भएको भन्दै फर्कियो पौडेलको टोली, ३ बजे पार्टी प्रवेश तय
काठमाडाैं । माओबादी केन्द्रलाई पुरानो मक्किएको घर भन्दै नयाँ घर बनाउन निस्केका देवेन्द्र पौडेलको टीम पुरानै घरमा फर्कने टुंगो लागेको छ । मंगलवार दिउसो एक औपचारिक कार्यक्रमकाबीच उनीसहित सयौको संख्यामा पुराना माओबादी नेता कार्यकर्ता माओबादी केन्द्रमा फर्कने भएका हुन् । बाबुराम भट्टराइको नेतृत्वमा नयाँ शक्ति बनाउने भन्दै निस्केका प्रभावशाली नेता पाैडेल लगायतको टोली बाबुरामले […]
भिखारी संघका अध्यक्षकाे घरबाट लाखाैंको बोरा बरामद
बिराटनगर । डुबानमा परेका भिखारी संघ मोरङका अध्यक्ष महेश मण्डलको घरबाट तीन लाख १५ हजार रुपैयाँ फेला परेको छ । विराटनगर–७ स्थित सिंघिया खोलाको बाढीले उनको घर भत्काएको थियो । सो घरलाई हिजो नेपाली सेना र सुरक्षाकर्मीको टोलीले सरसफाइ गर्ने क्रममा बोरामा राखिएका अवस्थामा सो रकम फेला परेको हो । अधिकांश नोट भिजेको अवस्थामा फेला […]
सरकारद्वारा निर्वाचन मिति सार्वजनिक
काठमाडाैं । सरकारले प्रदेशसभा र प्रतिनिधि सभाको चुनाव एकै दिन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचन एकै दिन मंसिर १० गते गर्न निर्वाचन आयोगलाई सिफारिस गर्ने मन्त्रिपरिषदले निर्णय गरेको सरकारका प्रवक्ताले बताए । निर्वाचन आयोगले तयारी पुरा गर्न अप्ठ्यारो हुने भन्दै […]
यी १० जिल्लामा पनि निःशुल्क इन्टरनेट
काठमाडाैं । नेपाल दूरसञ्चार प्राधिकरणले देशैभर ब्रोडब्यान्ड पु¥याउने अभियान अन्तर्गत थप दस जिल्लामा प्रक्रिया अघि बढाएको छ । प्राधिकरणले प्रदेश सात अन्तर्गतका सात जिल्ला र प्रदेश तीन अन्तर्गतका तीनवटा जिल्लामा ब्रोडब्यान्ड इन्टरनेट जडानका लागि अनुमति प्राप्त सेवा प्रदायकबाट आवेदन माग गरेको खबर छ । अभियान अन्तर्गत सात प्रदेशमा ‘प्याकेज ए’मा दार्चुला, डोटी, डडेल्धुरा र बैतडी रहेका […]










