इस्लामावाद, ५ कात्तिक । पाकिस्तानको राजधानी इस्लामावादमा पाकिस्तान, चीन र अफगानिस्तानका युवा कूटनीतिज्ञहरुको दश दिने कार्यशाला शुरु भएको छ । त्यस कार्यशालामा यी तीन देशका युवा कूटनीतिज्ञहरुको सहभागिता रहेको बताइएको छ । प्राप्त समाचारमा पाकिस्तानका २३, चीनका आठ र अफगानिस्तानका छ जना युवा कूटनीतिज्ञ सो कार्यशालामा सहभागी छन् । कैयौँ वर्षदेखि युद्ध जारी रहेको अफगानिस्तानमा […]
विश्व
विमान दुर्घटना कम्तीमा तीन व्यक्तिको मृत्यु
रियो डे जेनेरो, ५ कात्तिक । ब्राजिलको बेलो हरिजोन्ट शहरमा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा तीन व्यक्तिको मृत्यु भएको छ । सोमबार भएको यस दुर्घटनामा परी अन्य तीन व्यक्ति घाइते भएका स्थानीय प्रहरीले जनाएको छ । इन्जिनमा समस्या आएपछि राजधानी शहर मिनास गेराइज राज्यको आवासीय इलाकाको सडकमा सो विमान खसेको थियो । विमानले सडकमा […]
नेपाल–बङ्गलादेश वाणिज्य सहसचिवस्तरीय वार्ता शुरु, केही समझदारीलाई अन्तिमरुप दिइने
काठमाडौँ, ५ कात्तिक । नेपाल र बङ्गलादेशबीच व्यापार अभिवृद्धिमा टेवा पु¥याउने उद्देश्यले नेपाल र बङ्गलादेश वाणिज्य सहसचिवस्तरीय प्राविधिक समितिको चौथो बैठक आजदेखि राजधानीमा प्रारम्भ भएको छ । बैठकमा बङ्गलादेशसँगको व्यापार घाटा न्यूनीकरण गर्ने विषयमा विस्तृतमा छलफल हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । नेपाल र बङ्गलादेशबीचको ‘कनेक्टीभिटी’को एजेण्डालाई महत्वका साथ उठान गरिने बैठकमा […]
बोलिभियामा राष्ट्रपतिको निर्वाचन, मोरालेसको पहिलो चरणमा अग्रता
ला पाज, ४ कात्तिक । राष्ट्रपतिको चौथो कार्यकालका लागि प्रतिस्पर्धामा उत्रिएका इभो मोरालेस अरु उम्मेदवारभन्दा झिनो मतले अगाडि भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले सार्वजनिक गरेको प्रारम्भिक मतगणनामा मोरालेस र उनका मुख्य प्रतिस्पर्धी कार्लोस मेसाबीच करिब ७ प्रतिशत मतान्तर देखिएको छ । मोरालेसले कूल गणना गरिएको मतको करिब ४५ प्रतिशत र मेसाले ३८ प्रतिशत […]
भानुआतुको तटीय क्षेत्रमा ६.४ म्याग्नीच्युडको भूकम्प
सिड्नी, ४ कात्तिक । भानुआतुको तटीय क्षेत्रमा सोमबार ६.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ । स्थानीय समय अनुसार सोमबार अपराह्न २ बजे सो भूकम्प आएको थियो । सो भूकम्प आउनु १२ घण्टा अगाडि भानुआतुको तटीय क्षेत्रबाट ९१ किलोमिटर टाढा रहेको इलाका प्रभावित हुने गरी ४.५ म्याग्नीच्युडको भूकम्प गएको थियो । […]
दुबईका सबै ट्याक्सीमा सिसि क्यामेरा जडान
दुबई, ४ कात्तिक । दुबईको सडक तथा यातायात विभागले शहरका सबै ट्याक्सीमा चालक ड्राइभरलाई अनुगमन र निगरानी गर्न सिसि क्यामेरा जडान गरेको छ । ट्याक्सी चढेको समयमा चालकले कुनै नियमको उल्लंघन गरेमा वा कुनै यात्रुले उजूरी गरेमा प्रहरीले तत्काल सिसि क्यामराको सहयोगमा चालकका गतिविधिको विश्लेषण गर्नेछ । कुनै व्यक्ति वा यात्रु ट्याक्सीमा चढ्नासाथ त्यहाँ जडित […]
चिलीमा सरकार विरोधी प्रदर्शन जारी, १० जनाको मृत्यु
सान्टियागो, ४ कात्तिक । चिलीमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा राजधानी सान्टियागोमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।कानुन व्यवस्थामा चुनौती देखिएसँगै सरकारले २४ घण्टे निषेधाज्ञा कफ्र्यु आदेश जारी गरेको छ । राजधानी सान्टियागोको एक सुपरमार्केटमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको हिंसात्मक झडपका कारण तीन जनाको मृत्यु भएपछि निषेधाज्ञा लगाइएको छ । मेट्रोको भाडा वृद्धिको […]
हिमालय एयरलाइन्सले कात्तिक १० देखि बेइजिङ उडान गर्ने
काठमाडौँ, ३ कात्तिक । नेपाल र चीनको संयुक्त लगानी रहेको अन्तरराष्ट्रिय उडान भर्ने निजी वायुसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले आगामी कात्तिक १० गतेदेखि चीनको राजधानी बेइजिङमा सिधा उडान गर्ने भएको छ । बेइजिङस्थित नवनिर्मित डाक्सिन इन्टरनेशनल विमानस्थलमा हिमालयले उडान शुरु गर्ने सम्पूर्ण तयारी गरेको कम्पनीले जनाएको छ । “बेइजिङ उडानका लागि हामीले सबैखाले तयारी गरेका […]
क्रोएसियामा यौनहिंसा विरुद्ध हजारौंको प्रदर्शन
जाग्रेब, ३ कात्तिक । पूर्वी युरोपको क्रोएसियाका विभिन्न सहरहरुमा यौनहिंसाका विरुद्ध हजारौंले प्रदर्शन गरेका छन् । उनीहरुले यौनहिंसा गर्नेलाई दोषी ठहर गर्नुपर्ने माग गर्दै शनिबार प्रदर्शन गरेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । महिला अधिकारवादीहरुको समूहले आयोजना गरेको प्रदर्शनमा सहभागी प्रदर्शनकारीले “महिलालाई न्याय दे, दोषीलाई कारबाही गर” भन्दै नारा लगाएका थिए । यसै महिनाको शुरुमा […]
सिरियाली कुर्दको आक्रमणमा टर्केली सेनाको मृत्यु
इस्तानबुल, ३ कात्तिक । सिरियाली कुर्दिस लडाकूको आक्रमणबाट आइतबार एक जना टर्केली सैनिकको मृत्यु हुनुका साथै अर्का एक सैनिक घाइते भएको टर्कीको रक्षा मन्त्रालयले जनाएको छ । संयुक्तराज्य अमेरिकाको अग्रसरतामा टर्कीले युद्धविरामका लागि सहमति जनाए पनि टर्कीले आक्रमण जारी राखेको आरोप छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा ताल अब्याद सीमा क्षेत्रमा गस्तीमा रहेका टर्कीका सेनामाथि कुर्दहरुले […]







