१० बर्षमा फर्कियो खोला, गच्छदार फर्किए पुरानै घर

काठमाडौं । नेपाली काँग्रेसबाट अलग भएर मधेस केन्द्रित राजनीति गरेका नेता विजयकुमार गच्छेदार पुरानै घर फर्केका छन् । काँग्रेसका तत्कालिन नेता विजयकुमार गच्छेदारको नेतृत्वमा गठन भएको नेपाल लोकतान्त्रिक फोरम १० बर्षपछि पुन नेपाली काँग्रेसमै विलय भएको छ ।   सोमबार बालुवाटारमा आयोजित एकता कार्यक्रममा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेर बहादुर देउवा लगायत शिर्षस्थ नेताहरुले गच्छेदारको नेतृत्वमा […]

नेपालभाषा गीति एल्बम ” यच्चुगु सर्ग: ” सार्वजनिक

   आश्विन २९, काठमाडौँ /   नयाँ नेपालभाष गीति एल्बम ” येच्युगु सर्ग: ” राजधानीमा सार्बोजनिक भएको छ । रोजी डंगोल (श्रेष्ठ)को स्वरमा जुगल डंगोलको संगीत तथा एरेन्जमा सबै गीतको रचना नेपालभाषा गीतका चर्चित रचनाकार पुर्णकाजी ज्यापु को रहेको छ । एउटा गीतमा रोजी संगै लोकप्रिय हास्य कलाकार मदनकृष्ण समेतको स्वर रहेको छ । आइतबार बहुचर्चित लोकप्रिय […]

पुन्यमको ‘जले–जले म जले तिम्रो प्यारमा’ सार्वजनिक

काठमाडौ, २८ असोज । पचासको त्यो दशकमा रहरलाग्दो गायनमा रहरले प्रवेश गरेका गायक पुन्यम प्रधानको पछिल्लो गीत जले–जले म जले तिम्रो प्यारमा लोकार्पण भएको छ। शनिवार काठमाडौमा आयोजित भव्य तथा सभ्य कार्यक्रमबीच उक्त गीतको लोकार्पण भएको हो। चर्चित संगीतकार राजु सिंहको प्रमुख आतिथ्यता तथा ख्यातिप्राप्त संगीतकार अनिल शाहीको विशिष्ट आतिथ्यतामा गीतको पोस्टर तथा भिडियोको लोकार्पण […]

कुनै हालतमा पनि चुनाव जित्ने सपना साकार पार्न सरकार नछोड्ने निर्णयमा प्रचण्ड

काठमाडाैं, २८ असाेज । सरकारबाट हट्दा चुनाव अनिश्चित हुने तर्क गर्दै नेकपा (माअाेवादी केन्द्र)ले सरकारबाट तत्काल नहट्ने निर्णय गरेकाे छ । राजधानीमा माअाेवादी केन्द्रका शीर्ष नेताहरुकाे शनिबार बिहान बसेकाे बैठकले याे निर्णय गरेकाे हाे । माअाेवादी केन्द्रले सरकारबाट हट्दा देशमा अस्थिरता उत्पन्न हुने निष्कर्ष निकालेकाे छ । बैठकले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई दिएको […]

पूर्वप्रधानमन्त्री दहालद्वारा बौद्धहरुको अपमान

  टिप्पणी राजेन मानन्धर बुद्धभूमिमा जन्मेर हिन्दु संस्कारमा हुर्केका नेपालका राजनीतिज्ञहरु पटक पटक बौद्धहरुलाई भावनामा चोट पुर्याएर चर्चामा आउने गरेका छन् । पछिल्लोपटक पूर्व प्रधानमन्त्री, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं जनयुद्धका नेता पुष्पकमल दहालले एउटा पार्टी जुनसँग उनी सन्तुष्ट छैनन्, त्यसलाई सम्बोधन गर्दा बौद्ध भिक्षु जस्तो सँधै घण्टी बजाएर बसेको भनेर होच्याएका छन् । सेतोपाटी […]

यसरी गाडिएका छन नेपाल प्रहरीमाथि शक्तिराष्ट्रका आँखा

काठमाडौं उपत्यका र आसपासका ६ जिल्लामा कार्यरत प्रहरीसँग अन्यत्रका प्रहरीसँग भन्दा फरक खाले सञ्चार सेट छन् । उपत्यकाभित्रका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) सँगै सिन्धुपाल्चोक, काभ्रे र कास्कीका प्रहरीले तुलनात्मक रूपमा आधुनिक सञ्चार सेट प्रयोग गरिरहेका छन् । ६ जिल्लाका प्रहरीले प्रयोग गर्ने ती सञ्चार सेटलाई आधुनिक किन भनिएको हो भने ती सेटमा डिजिटल […]

सरकारमा रहेकै व्यक्तिका कारण गौचनको हत्या : विप्लव

काठमाडौं, २५ असोज । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले महासचिव विप्लवले राज्यको जिम्मा लिएका व्यक्तिहरुकै कारण गौचनको हत्या भएको बताएका छन् । ‘राज्यको जिम्मा लिएका व्यक्तिहरू देश लुट्ने भ्रष्टाचार र राष्ट्रघातमा लिप्त भएका कारण नागरिकहरुले यसैगरी दुःखद घटना व्यहोर्नुपरेको उनले बताएका छन् । बुधवार एक विज्ञप्ती जारी गर्दैै महासचिव विप्लवले गौचनको हत्याको घटनाप्रति दुःख व्यक्त […]

एमाले र माकेसहित अन्य पार्टीमा रहेका क्रान्तिकारीहरुकाबीच विप्लवले ध्रुविकरण अभियान थाल्ने

काठमाडौं, २४ असोज । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीले सबै क्रान्तिकारीहरुका बीच धु्रविकरण गर्ने निर्णय गरेको छ । असोज २१ देखि २३ गतेसम्म कास्कीमा बसेको केन्द्रीय समितिको बैठकबाट नेकपाले यस्तो निर्णय गरेको हो । पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा रहेको नेकपा (माओवादी) केन्द्र र केपी ओलीको नेतृत्वमा रहेको नेकपा (एमाले)का बीच पार्टी एकताको कुराले […]