त्रिवि उपकुलपति खनियालाई क्रान्तिकारीको ५ बुँदे ज्ञापन, यस्ता मागहरु

काठमाडौं,१८ चैत । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) ले ५ बुँदे माग राख्दै त्रिभुवन विश्वविद्यालय उपकुलपति तिर्थराज खनियालाई ज्ञापन पत्र बुझाएको छ । आइतबार क्रान्तिकारीका केन्द्रीय सदस्य द्वय कलम बडुवाल र प्रकाश अधिकारीकाे नेतृत्वमा गएकाे टाेलीले उपकुलपति खनियालाई भेटेर ज्ञापन पत्र बुझाएको हो । बर्षेनी निजी सिक्षण संस्थाहरुले गरिरहेकाे शुल्क वृद्धिका कारण आम जनताहरु मारमा परिरहेको भन्दै […]

काँग्रेस नेता खड्‍का अन्त्येष्टी अाज

काठमाडौं, १८ चैत । नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काको अाज अन्त्येष्टी गरिने भएको छ । यसअघि सार्वजनिक गरिएको श्रद्धाञ्जली कार्यक्रममा हेरफेर भएको छ । नेता खड्‍काको शव श्रद्धाञ्‍जलीको लागि दिउँसो १ बजेसम्म घरमै राखिने भएको छ । यसअघि ९ बजेसम्म घरमा र त्यसपछि पार्टी कार्यालय सानेपामा श्रद्धाञ्जलीको लागि राखिने बताइएको थियो । खड्काका छोरा अनुराग […]

कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चितकालसम्म स्थगित

काठमाडौं, १८ चैत । निर्वाचन समीक्षा गर्न भन्दै यही चैत ९ गतेबाट जारी नेपाली कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित हुने भएको छ  । कांग्रेस नेता खुमबहादुर खड्काको निधनको शोकमा केन्द्रीय समिति बैठक अनिश्चितकालका स्थगित हुन लागेको हाे । आइतबार बिहान ११ बजे बस्ने बैठकमा खड्काको निधनमा शोक प्रस्ताव मात्र पारित हुनेछ र अर्को सूचना जारी […]

पर्सामा प्रहरी टोलीमाथि स्थानीयको आक्रमण, पाँच जना घाइते, यस्तो छ कारण

वीरगञ्ज, १७ चैत । पर्सामा नेपाल प्रहरीको टोलीमाथि आक्रमण भएको छ । केहि व्यक्तिहरु डकैती गरेर लुकेर बसेको सूचनाका आधारमा पर्साको सखुवा प्रसौनी गाँउपालिका–५, महुवन पुगेको प्रहरीमाथि स्थानीयले शुक्रबार आक्रमण गरेका हुन् । स्थानीयको आक्रमणमा परी ५ प्रहरी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले घटनाको पुष्टि गर्दै सञ्जय कुमार जयसवाल, अनिल यादव, राजेशकुमार […]

स्थानीयवासीले प्रहरी टोलीमाथि गरे आक्रमण, पाँच घाइते

वीरगञ्ज, १७ चैत । पर्सामा नेपाल प्रहरीको टोलीमाथि आक्रमण भएको छ । केहि व्यक्तिहरु डकैती गरेर लुकेर बसेको सूचनाका आधारमा पर्साको सखुवा प्रसौनी गाँउपालिका–५, महुवन पुगेको प्रहरीमाथि स्थानीयले शुक्रबार आक्रमण गरेका हुन् । स्थानीयको आक्रमणमा परी ५ प्रहरी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले घटनाको पुष्टि गर्दै सञ्जय कुमार जयसवाल, अनिल यादव, राजेशकुमार यादव, […]

कांग्रेस नेता खुमबहादुर खड्काको निधन

काठमाडौं, १६ चैत । नेपाली कांग्रेसका चर्चित नेता खुमबहादुर खड्काको निधन भएको छ। भारतको नयाँ दिल्ली स्थित अपोलो अस्पतालमा उपचारका क्रममा उनको निधन भएको काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटरमार्फत पुष्टि गरेका छन् । खड्का पूर्व गृहमन्त्री समेत हुन् । मृगौलाको समस्याबाट पीडित खड्का उपचारका लागि भारतको दिल्ली गएका थिए । पूर्वगृहमन्त्रीसमेत रहेका खड्का मृर्गौला रोगले […]

अस्थायी शिक्षकको परीक्षा स्थगित !

काठमाडौं, १६ चैत्। अस्थायी शिक्षकको परीक्षा स्थगित भएको छ । यही चैत २३ गते हुने भनिएको शिक्षकको आन्तरिक परीक्षा स्थगित भएको हो । परीक्षाको विद्यार्थी संगठनहरुले विरोध गर्दै अाएका थिए । विद्यार्थीहरुले भोलिबाट अनिश्‍चितकालिन शैक्षिक हडतालको घोषणा गरेका थिए । शिक्षक सेवा अायोगले शुक्रबार एक विज्ञप्ति जारी गरेर परीक्षा स्थगित गरेको हो । अस्थायी शिक्षकहरुको […]

पश्चिमी वायुले उपत्यकासहित विभिन्न स्थानमा बद्ली र वर्षा

काठमाडौं, १६ चैत । पश्चिमी वायुको प्रभावले शनिबार रातीदेखि शुक्रबारसम्म काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बद्ली र वर्षा भइरहेको छ । उक्त वायुको प्रभाव खासगरी पूर्व र मध्यका भू–भाग तथा पश्चिमी पहाडी क्षेत्रमा रहेको मौसमविद् गङ्गा नगरकोटीको भनाइ छ । काठमाडौंका विभिन्न स्थानमा बिहानैदेखि बद्ली र हल्का वर्षा भएको छ । नगरकोटीका अनुसार अहिले वर्षा […]

नेकपा प्रवक्ता प्रकाण्डको घरमा पक्राउ पुर्जी टाँस्न गएका सरकारी कर्मचारीहरू गााँउबाट लखेटिए

काठमाडौं, १५ चैत । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को घरमा वारेन्ट टाँस्न गएका सरकारी कर्मचारीहरू लखेटिएका छन् । कालिकोट जिल्कोजा माल्कोट–४ स्थित प्रवक्ता प्रकाण्डको घरमा बिहिबार दिउँसो २ बजेतिर भोजपुर जिल्ला अदालतको आदेशपत्र बोकेर ईलाका प्रहरी कार्यालय कुमाल गाउँबाट प्रहरीको एक टोली पुगेको थियो । सरकारी कर्मचारीसहित पुगेको टोलीले […]

दशैं विदा घट्यो, पृथ्वी जयन्ती विदा फेरि खारेज, कुन-कुन सार्वजजिक विदा काटिए ? (सूचीसहित)

काठमाडौं, १५ चैत । सरकारले सार्वजनिक विदा कटौति गरेको छ। आउँदो साल जम्मा ८९ दिनमात्र सार्वजनिक विदा दिने छ। ६७ दिन सबैका लागि विदा र २२ दिन विभिन्न धार्मिक र सांस्कृतिक विदा दिने बुधवार बसेको मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो। अब हरेक देशको राष्ट्रिय दिवस (नेशनल डे) भएजस्तै नेपालको पनि असोज ३ गते राष्ट्रिय दिवस […]