१.अन्डरलाइन गरेर पढ्ने कतिपयको बानी पढ्दै अन्डरलाइन गर्ने हुन्छ । त्यसो गर्दा अर्काे पटक आफुलाई चासो लागेको विषय खोज्न सजिलो हुन्छ । परीक्षा दिने केही दिनअघि अन्डरलाइन गरेको विषय दोहो¥याउँदा सम्झन सजिलो हुन्छ । २. आफ्नो नोट आफैँ बनाउने धेरैले परीक्षा आउने बेला साथीभाइसँग नोट मागेर पढ्ने गर्छन् । आफैँले नोट बनाउँदा सम्झन सजिलो हुन्छ […]
Author: Nonstop Khabar
माकेसँग कुरा नमिल्ने देखिएपछि राजपा र फोरमसँग संवाद बढाउँदै ओली, ओलीसँग राजपा-फोरम सकारात्मक
काठमाडौं, ६ फागुन । मधेसकेन्द्रित राष्ट्रिय जनता पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपालले केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने विषयमा ‘ग्रिन सिङ्नल’ देखाएका छन् । संविधान संशोधन र मधेस मुद्दा सम्बोधन गर्न ओली लचिलो भए राजपा र फोरम सरकारमा सहभागी हुने विषयमा छलफल गर्न सकारात्क देखिएका हुन् । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री हुुनुअघि राजपा अध्यक्षमण्डल […]
शिक्षकले मरणासन्न हुनेगरी कुटेका विद्यार्थीको अप्रेशन गरियो
काठमाडौं, ६ फागुन । गोरखाको मान्बुस्थित भवानी माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई शिक्षकले मरणासन्न हुने गरी कुटेका छन् । विद्यालयमा अनुपस्थित भएको निहुँमा ७ कक्षा पढ्ने १४ वर्षीय सुपारे कार्की पिटिएका हुन् । पिटाइबाट उनको औँला सुन्निएको र रगत जम्ने अवस्थामा पुगेपछि अप्रेसन गरिएको छ । कार्कीलाई शिक्षक भरतमणि तिमल्सिनाले ढाडमा लठीले कुटेको र तेस्रोपटकमा […]
यस्ता छन केपी–प्रचण्डबीचको प्याकेज छलफलका एजेण्डा
काठमाडौं, २६ फागुन । एमाले र माओवादी केन्द्रले पार्टी एकता र सरकार विस्तार प्याकेजमै टुंग्याउने गरी छलफल केन्द्रित गरेका छन् । प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार भएको छलफलपछि दुवै विषयलाई प्याकेजमै टुंग्याउने समझदारी भएको हो । छलफल सकारात्मक दिशामा अघि बढेको दुवै पक्षका नेताहरूको दाबी छ । ‘एकता र […]
मलेसियामा अहिलेसम्मकै धेरै नेपालीको मृत्यु, २ महिनामा ५४ नेपालीले ज्यान गुमाए
काठमाडाैं । वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मलेसियामा दुई महिनामा ५४ नेपाली मजदुरको मृत्यु भएको छ। सन् २०१८ को दुई महिनामा यति धेरै संख्यामा नेपालीले ज्यान गुमाएका हुन्। मृत्यु हुनेमा २२-४० वर्ष उमेर समूहका युवा छन्। क्वालालम्पुरस्थित नेपाली दूतावासको तथ्यांकअनुसार जनवरीमा ३३ जना र फेब्रुअरीमा २१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सबैभन्दा धेरै सुतिरहेकै बेला […]
नामिवियामा एेतिहासिक जित निकालेको नेपाली क्रिकेट टोलीलार्इ विमानस्थलमा भव्य स्वागत
काठमाडाैं, ६ फागुन । नामिबियामा बिहीबार सम्पन्न आइसिसी विश्व डिभिजन–२ क्रिकेट लिगमा एेतिहासिक जित निकाल्दै स्वदेश फर्किएकाे नेपाली राष्ट्रिय क्रिकेट टाेलीलार्इ भव्य स्वागत गरिएकाे छ । विश्व डिभिजन २ लिगमा उपविजेता बनेकाे नेपाली टाेलीलार्इ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएकाे हाे । शनिवार राती ९ बजे विमानस्थलबाट बाहिरिएकाे टाेलीलार्इ ठूलाे संख्यामा जम्मा भएका समर्थकले स्वागत […]
दक्षिण कोरियामा रहेका चितवनवासीले गरे अधिवेशनबाट नयाँ नेतृत्व चयन
सोल । वैदेशिक रोजगारी र अन्य कामको सिलसिलमा दक्षिण कोरिया पुगेका चितवनबासीले नयाँ नेतृत्व चयन गरेका छन् । ‘चितवन सम्पर्क समिति दक्षिण कोरिया’को चौधौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले भोला पौडेलको अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको हो । वरिष्ठ उपाध्यक्ष दिलिप ढुंगाना उपाध्यक्ष लिलाकान्त महतो थारु, सचिव राजु घिमिरे सर्वसम्मत रुपमा नयाँ कार्यकालको लागि […]
केपी र प्रचण्डबीचको वान टु वान वार्तामा एक बुँदे सहमति, बालकोटबाट निरास भएर फर्किए प्रचण्ड
काठमाडौ, ५ फागुन । वान टु वान वार्तामा बसेका नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अाेली र माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्ड एक बुँदे सहमति गरे उठेका छन् । अाेलीकाे निजी निवास भक्तपुरकाे बालकाेटमा भएकाे दुर्इ नेताबीचकाे वार्ता विना निष्कर्ष टुङ्गिएकाे हाे । उनीहरुबीच भएकाे एक बुँदे सहमति अरु केही नभएर कार्यदलकाे बैठक बसाल्ने सहमति […]
विकास निर्माणका काममा जुट्यो नेकपा, २५ वर्षसम्म नबनेको सडक बनाउन सुरु
कालिकाेट । संसदीय व्यवस्थाका विरुद्ध नयाँ संघर्षकाे थालनी गरेकाे नेपाल कम्युनिष्ट पार्टीले गाउँ गाउँमा जनसत्तामार्फत विकास निर्माणका काम पनि सुरु गरेकाे छ । यसैक्रममा नेकपाकाे जनपरिषद कालिकाेटले सडक निर्माणकाे काम थालनी गरेकाे छ । काठमाडाैंबाट इन्जिनियरहरुकाे टाेली लिएर जनपरिषदले कर्णाली राजमार्गकाे खुलालुबाट कालिकाेटकाे मालकाेटसम्मकाे सडक निर्माण कार्य थालेकाे हाे । नेकपाले उक्त कार्यका लागि लाग्ने […]
बलात्कारपछि १३ वर्षीया बालिकाको बिभत्स हत्या
सप्तरी, ५ फागुन । खड्क नगरपालिका–९ लालपट्टीकी १३ वर्षीया बालिका पार्वतीकुमारी मण्डलको बलात्कारपछि हत्या गरिएको छ । प्रहरीका अनुसार हत्यामा बालिकाको ठूलोबुबाका छोरा १८ वर्षीय राजदेव मण्डल संलग्न छन् । शुक्रबार राजविराजमा पत्रकार सम्मेलन गर्दै सप्तरीका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले राजदेवमाथि कारबाही अगाडि बढाइएको बताए । सप्तरीमा चालू आर्थिक वर्ष ०७४-७५ मा २७ वटा बलात्कारका घटना प्रहरीसमक्ष […]











