नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले नेकपा एमाले र माओवादी केन्द्र बीचको एकता संयोजन समितिको बैठकले संगठनात्मक, राजनीतिक र व्यावहारिक पक्षको टुंगो लगाउने बताएका छन ।
ललितपुरको मानभवनस्थित एक घरमा पार्टी एकता संयोजन समितिको बैठक चलिरहेका बेला सञ्चारकर्मीसँग कुराकानी गर्दै उपाध्यक्ष रावलले एकताका विविध पक्षमा छलफल भइरहेको जानकारी गराए ।
उनले भन्नुभयो, “दुई अध्यक्ष समान समान हैसियतमा रहँदा आउन सक्ने कानुनी एवं व्यावहारिक जटिलताका विषयमा छलफल भइरहेको छ ।” यसअघि एमाले र माओवादी केन्द्रले आ–आफ्नो पार्टीमा पार्टी एकताका विषयमा छलफल गरेका थिए ।
त्यसलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ‘वान टु वान’ बैठकपछि पार्टी एकता संयोजन समितिको बैठक बसेको हो ।