सरकारले सवारी साधन लगाएत यी १० प्रकारका सामान आयातमा लगायो रोक

बैशाख १४,काठमाडौँ /  सरकारले जीप, कार र भ्यान ,मोटरसाइकल, मोबाइल लगायतका १० प्रकारका सामानहरु भित्र्याउन रोक लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हिजो मंगलबार राजपत्रमा सूचना निकालेर विभिन्न १० प्रकारका विलासी उपभोग्य सामान नेपाल भित्र्याउन रोक लगाइएको जनाएको छ ।

सरकाले आउँदो असार मसान्तसम्मका लागि जीप, कार र भ्यान ,मोटरसाइकल, मोबाइल फोन , ३२ इञ्चभन्दा माथिका रंगीन टेलिभिजन र  २५० सीसीभन्दा बढी क्षमता भएका मोटरसाइकल ल्याउन रोक लगाइएको छ ।

 एम्बुलेन्स र शववाहन प्रयोजनका लागि सवारीसाधन आयात बाहेक  खेलौना, कुरकुरे, कुरमुरे, लेज र यस्तै प्रकारका उत्पादनहरु, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु र हिराको आयातमा पनि असार मसान्तसम्म रोक लगाइएको राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ ।

  वैशाख १३ गतेअघि तथा  कूटनीतिक नियोगका अधिकारीहरु बात  बैंकिङ प्रक्रिया पूरा गरेकाहरुले भने  नियमअनुसार आयात गर्न पाउनेछन् । 

 

Loading...