दल, चुनाव चिन्ह अंकित सामग्री उत्पादन तथा प्रयोग गरे ऐनबमोजिम कारबाही हुने

वैशाख ८ ,काठमाडौँ   । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीतका दल, चुनावी चिन्ह अंकित सामग्री उत्पादन नगर्न नगराउन निर्देशन दिएको छ । निर्वाचन प्रचारप्रसारका क्रममा आचारसंहिताविपरीतका सामग्री प्रयोग भइरहेको गुनासो बढेपछि आयोगले आचारसंहिताको उक्त व्यवस्थाबारे दल, उम्मेदवार र सर्वसाधारणलाई पुनः स्मरण गराएको हो ।  आयोगले आचारसंहिताविपरीतका यस्ता सामग्री उत्पादन तथा प्रयोग गरेको पाइए ऐनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार  राजनीतिक दल वा उम्मेदवारको चुनाव चिह्न अङ्कित  टिसर्ट,  ज्याकेट, , ट्यासुट कमिज,  टोपी, गम्छा, मास्क, लकेट ,स्टिकर, लोगो, झोला, ब्याच लगायतका प्रचार सामग्रीको उत्पादन तथा बिक्रीवितरण बन्द गर्न पाइने छैन  । 

निर्वाचन आचारसंहिता–२०७८ ले निर्वाचन चिह्न अङ्कित सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्रीवितरण गर्न, प्रदर्शन गर्न वा गराउन नहुने व्यवस्था गरेको छ ।

निर्वाचन आयोग ऐनअनुसार आयोगको आदेश पालना नगर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले एक लाख रुपियाँसम्म जरिवाना गर्नसक्ने उल्लेख छ । 

 

Loading...