फोहोर व्यवस्थापनमा सबैको सहकार्य आवश्यक

बैशाख ४, काठमाडौं ।
उपत्यकाको फोहर व्यवस्थापन जिम्मा काठमाडौं महानगरपालिकाको मात्रै नरहेको र यसका लागि सम्बन्धित सबै निकायको सहकार्य आवश्यक रहेको बताइएको छ।

गत फागुन र चैतमा मात्रै काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहोर ३३ दिन अन्तिम फोहोर व्यवस्थापन स्थल सिसडोल सम्म पु¥याउन सकिएको छैन। विभिन्न बहानामा स्थानीयले अवरोध गर्दै आएका छन्।

यसरी विभिन्न बहानामा फोहोरको अन्तिम व्यवस्थापन नहुनाले ठूलो समस्या सिर्जना गरेको भन्दै फोहोर व्यवस्थापनका लागि केन्द्र सरकार, उपत्यकाका १८ स्थानीय तह सिसडोलमा स्थानीयसँगको छलफल गरेर दीर्घकालिन समाधान खोजिनुपर्ने कामपाको भनाइ छ।

अहिले नै समस्या समाधान गर्न सकिएन भने आगामी बर्खामा ठूलो समस्या आउने कामपा वातावरण विभागकी प्रमुख सरिता राईको भनाइ छ।

ल्याण्डफिल साइटमा देखिएका समस्या समाधानका लागि यसअघि गरिएका प्रतिबद्धताको कार्यान्वयन, साइट सञ्चालनमा सहजीकरण, समन्वय र अनुगमन गर्न समिति गठन गरिएको हो।

सोही समिति गठन गरे पनि समय समयमा फोहर रोकिने समस्या भने जहाँको तहीँ छ।उपत्यकाका सबै नगरबाट दैनिक उत्पादन हुने करिब एक हजार २०० मेट्रिक टन फोहर ल्याण्डफिल साइटमा व्यवस्थापन हुने गरेको छ।

Loading...