सुनको भाउ ६ सयले बढ्यो

चैत ११, काठमाडौं-   सुनको भाउ तोलामा ६ सयमा बढेको छ। बिहीबार तोलामा ११ सय रुपैयाँले बढेको सुनको भाउ आज शुक्रबार पनि ६ सय रुपैयाँले बढेको हो।

आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेर एक लाख ९ सय रुपैयाँमा कारोबार भइरहेको  नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

यसै गरि , आज चाँदी तोलामा २५ रुपैयाँले बढेर १ हजार ४ सय रुपैयाँमा पुगेको महासंले जनाएको छ।

Loading...