नेपालले आज पाहुना टोली पपुवा न्युगिनीविरुद्ध प्रतिस्पर्धा गर्दै

चैत ११ , काठमाडौं । नेपालले घरेलु मैदान त्रिवि क्रिकेट मैदानमा आजबाट सुरुहुने  एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा आज पाहुना टोली पपुवा न्युगिनीविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

 नेपाल र पपुवा न्युगिनीबीचको बिहान साढे ९ बजे सुरु हुने यो खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल आज पपुवा न्युगिनीलाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ । पपुवा न्युगिनी पनि नेपाललाई हराएर विजयी सुरुआत गर्न चाहन्छ ।

दुई खेलको एकदिवसीय सिरिज र त्रिदेशीय टी–ट्वान्टी सिरिजका लागि पपुवा न्युगिनी नेपालको भ्रमणमा आएको हो ।

दोस्रो खेल शनिबार हुनेछ ।

 

Loading...