साउदी अरबका राजकुमार फैसल विन फरहान अल साउद नेपाल आउने

फागुन २९, काठमाडौं ।  साउदी अरबका परराष्ट्रमन्त्री तथा राजकुमार फैसल विन फरहान अल साउद सोमबार नेपाल आउने भएका छन्। परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काको निमन्त्रणामा राजकुमार फैसल दुई दिने नेपाल भ्रमणका लागि आउन लागेका हुन् ।

भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Loading...