प्रधानमन्त्री देउवासँग सत्ता गठबन्धनका शीर्ष नेता बीच भेटवार्ता : शुक्रबार गठबन्धन बैठक बस्ने

 माघ ६, काठमाडौँ  । प्रधानमन्त्री शेरबहादुर देउवासँग सत्ता गठबन्धनका शीर्ष नेता बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग आज बिहिबार भेटवार्ता गर्नुभएको हो ।

अध्क्ष्य प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा समसामयिक विषयमा छलफल भएको छ ।

 शीर्ष नेताले शुक्रबार अपरान्ह ४ बजेका लागि सत्ता गठबन्धनको बैठक बोलाउने सहमति गर्नुभएको प्रचण्डका स्वकीय सचिव मल्लले बताउनु भयो  ।

यस अघि बिहीबार अपरान्ह ४ बजेका लागि बोलाइएको सत्तारुढ गठबन्धन बैठक  स्थगित भएपछि शीर्ष नेता छलफलमा जुट्नुभएको हो ।

Loading...