काठमाडौँमा वर्षासँगै चन्द्रागिरिमा हिमपात

 

पुष१४ ,काठमाडौँ ।    काठमाण्डौमा हिउदे बर्षा संगै  समुद्र सतहबाट ७९५० फित उचाइमा रहेको चन्द्रागिरिमा व्यापक  हिम्पात भएको छ  । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण  काठमाण्डौ आसपास समुन्द्र सतह बात ९०७३फ़ित बैभन्दा अग्ला स्थान फुलचोकी मा पनि हिमपात का कारण सेताम्य भएको छ  l काठमाडौँमा मंगलबार  रातिदेखि निरन्तर पानी परिरहेको छ ।

मौसब बिभागका अनुशार  आज दिनभरिकै मौसम यस्तै रहने बयेएको छ  । काठमाण्डौ उपत्यकासहित देशभर वर्षा भइरहेको छ । यस्तै  हिमाली जिल्लामा बाक्लो हिमपात भएको छ । वर्षा र हिमपातका कारण देशभर अधिकतम तापक्रम अकस्मात  घटेको छ ।

यसै गरि काठमाडौँ बात  तराई जोड्ने पुरानो  त्रिभुवन राजपथअन्तर्गत पर्ने मकवानपुर जिल्लाको सीमभञ्ज्याङ,दामन  आसपास उचाइमा परेको हिमपातका कारण  हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको छ ।

गए रातिदेखि बाक्लो हिउँ परेपछि आज बिहान सवा ७ बजेदेखि यातायात अवरुद्ध भएको स्थानीय होटल ब्यबसायीले जानकारी दिएको छ ।

 

 

Loading...