रितादेवी प्रधान जोशीका दुइ कृति ‘फय् वःगु लँय्’ र ‘तापालय् थ्वःगु स’: एकसाथ सार्वजनिक

ललितपुर । साहित्यकार रितादेवी प्रधान जोशीद्वारा लेख्येका कथा र कविताका दुई कृति ‘फय् वःगु लँय्’ र ‘तापालय् थ्वःगु स’: एकसाथ सार्वजनिक गरिएको छ ।

सिर्जना अभियान समाज र नेवाः हाइकु ख्यःको आयोजनामा सम्पन्न कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलगायतले रितादेवीको उक्त कृतिहरू बिहिबार विमोचन गरेको हो ।

शताब्दी पुरुष तथा संस्कृतिविद् जोशीले नेपाली साहित्यको विकासमा विदेशमा बस्दै आएका स्रष्टाहरूको योगदान स्मरणीय रहेको उल्लेख गरे ।

कार्यक्रममा साहित्यकार धु्रव मधिकर्मी, पूर्ण ताम्राकार, शाक्य सुरेन, पुष्पराज राजकर्णिकार, सुरेश प्रधान, तुयु पुं र पूर्णिमा शाक्यले बोलेका थिए ।

विदेशमा भएका कारण कृतिका स्रष्टा रितादेवीले जुम प्रविधिमार्फत् आफ्ना विचार राखेकी थिइन् ।

 

Loading...