यो बर्षको नेपाल संवत् ११४२ आगामी शुक्रबार , यस्तो छ मनाउने तयारी

कात्तिक १५ , काठमाडौँ।  यो बर्षको नेपाली राष्ट्रिय संवत् नेपाल संवत् ११४२ नववर्ष नजिकिदै गर्दा बिभिन्न समुदायस्तर बात मौलिक पर्वको रुपमा मनाउने तयारीमा तिब्रता थपिएको छ । बिशेष बारी नेवार समुदाय आवद्द जातीय संघ सस्था, समाज , भाषा/सस्कृति अभियन्तालगाएतले विभिन्न कार्यक्रम गरि भब्य रुपमा मनाउने तयारी भएको छ ।

नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समितिले सोमबार नयाँ वर्षको दिन गरिने कार्यक्रमको सबै तयारी पूरा भइसकेको जनाएको छ । न्हूदँ राष्ट्रिय समारोह समिति ११४२ का अध्यक्ष निरञ्जनरत्न शाक्यले नयाँ वर्षका दिन आगामी शुक्रबार वसन्तपुरबाट भिन्तुना र्याली निकाल्ने बताउनुभयो ।

यसबाहेक सांस्कृतिक साँझ, पुस्तक विमोचन र बृहत भेटघाट कार्यक्रमको आयोजना गरिने उहाँको भनाई छ । कार्यक्रम आयोजना गर्न अध्यक्ष शाक्यको नेतृत्वमा ८० सदस्यीय समारोह समिति गठन भएको छ ।

गतवर्ष कोरोना महामारीका कारण भर्चुअल माध्यमबाट भिन्तुना सभा, विचार गोष्ठी र सांस्वृmतिक कार्यक्रम गरिएको थियो । यसपटक महामारी केही कम भएको हुँदा स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णरुपमा पालना गरी नयाँ वर्ष मनाउनेछौँ अध्यक्ष शाक्यले भन्नुभयो ।

नेपाल संवत नेपालका राष्ट्रिय विभूति शंखधर साख्वाःले देशका नाममा स्थापना गरी प्रचलनमा ल्याउनुभएको थियो । तत्कालीन समयमा साख्वाःले नेपाली जनताको ऋण मोचन गरेपछि नेपाल संवतको सुरआत भएको मानिन्छ । जसलाई नेपालको पहिचानको रुपमा स्थापित सम्बत पनि मानिएका छ ।

१३ वर्षअघि नै नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गरिए पनि राज्यले व्यवहारमा ग्रहण नगरेको कारण यस वर्ष ‘नेपालको पहिचान, नेपालको गौरव, राज्यले प्रयास गरोस् नेपाल संवत्’ भन्ने नारा बनाइएको छ ।

अध्यक्ष शाक्यल प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष नेपाल संवतका सम्बन्धमा ध्यानाकर्षणपत्र पेश गरिएको जानकारी दिनुभयो । सो ध्यानाकर्षणपत्रमा नेपाल संवतलाई उचित सम्मान गरिनुपर्नेे, नेपाल संवतलाई व्यवहारमा प्रयोगमा ल्याउनुपर्ने, नेपाल संवतलाई तत्काल राष्ट्रप्रमुख र सरकारी निकायहरुले प्रयोगमा ल्याउने लिखित दस्तावेजमा प्रयोग गरिनुपर्ने, नेपाली मुद्रा तथा नोटमा नेपाल संंवतको प्रयोग गरिनुपर्ने लगायतका माग उल्लेख गरिएको छ ।

Loading...