नेवार जातीलाइ ‘नेवाः’ र बोल्ने भाषा ‘नेपालभाषा’ राखिनु पर्ने माग गर्दैतथ्यांक विभागमा बुझाए ज्ञापनपत्र

काठमाडौँ। नेवार जातीलाइ ‘नेवाः’ र बोल्ने भाषा ‘नेपालभाषा’ राखिनु पर्ने माग गर्दैतथ्यांक विभागमा बुझाए ज्ञापनपत्र बुझाएका छन्।
नेवार जातीको छाता संगठन नेवाः देय् दबूया नेतृत्वमा अध्क्षय नरेस कुमार ताम्राकार नेवा जातीय खल: पुच: ( समुह )का प्रतिनिधि सहितको टोलीले बिहिबार बिभाग का महानिर्देशक नेविनलाल श्रेष्ठ समक्ष सो ज्ञापन पत्र बुझाएका हुन्।
ज्ञापनपत्रमा जनगणनाको प्रश्नावली ६ नं. कोडमा जातिको नाम ‘नेवार’ राखिएकोमा ‘नेवाः’ गरिनु पर्ने र बोल्ने भाषाको नाउमा ‘नेवारी’ राखिएको खण्डमा ‘नेपालभाषा’ राखिनु पर्ने माग गरिएको छ। साथै राष्ट्रिय जनगणना २०७८ को क्रममा भाषाको सवालमा ‘ नेवाः’, ‘नेवार’, ‘नेवारी’ वा ‘नेपालभाषा’ जुनै पनि भनि उत्तर आएतापनि त्यसलाई कोड नं. ६ अन्तर्गत तय्त गणक, सुपरिवेक्षक र जनगणनामा संलग्न हुने सबैलाई पत्रचार गरि जानकारी दिन र जनगणनाको प्रतिवेदन प्रकाशित गर्दा जातीमा ‘नेवाः’ र भाषामा ‘नेपालभाषा’ भनि लेखि प्रकाशन गरिनु पर्ने माग अगाडी सारिएको छ ।

महानिर्देशक श्रेष्ठले आफु सो बिषयमा सकारात्मक रहेकाे प्रतिकृया दिए। उहाले गणकतहरुलाई प्रशिक्षण दिन बाँकी रहेको र प्रशिक्षण दिने क्रममा गणकतय्को २ नं. बुँदामा माग अनुसार नेवाः, नेवार, नेवारी वा नेपालभाषा कुनै पनि उत्तर दिंदा कोड नं. ६ मा राखिदिन निर्देशन दिने र ३ नं. बुँदामा माग अनुसार प्रतिवेदन प्रकाशित गर्दा पनि नेवाः र नेपालभाषा भनेको खण्डमा सो अनुसार गरिने बताए।

Loading...