अघिल्लो दिन नौ सयले बढेको सुनको मूल्य आज ह्वात्तै झर्यो

काठमाडौं ।   नेपाली बजारमा आज सुनको मुल्य घटेको छ ।अघिल्लो दिन प्रतितोला नौ सयले बढेर ९० हजार १ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा पाँच सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तैगरी आज तेजावी सुनको मूल्य ८९ हजार १५० रहेको छ ।

Loading...