सुनको आपूर्ति बढाउन ब्यबसायीले माग

काठमाडौं। बजारको माग भन्दा कम सुन आपूर्ति भएको भन्दै सुनचाँदी ब्यवासयीहरुले आपूर्ति बढाउन माग गरेका छन् ।

नेपाल सुनचाँदी ब्यवासायी महासंघको प्रतिनिधिमण्डल बुधबार नेपाल राष्ट्र बैंक पुगेर आपूर्ति बढाउन आग्रह गरेको हो ।

ब्यबसायीको प्रतिनिधित्व गर्दै महासंघका अध्यक्ष माणिक रत्न शाक्यको टोलिले राष्ट्र बैंकको विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेललाइ भेटि बजारमा सुन अभावका कारण ब्यबसायी मारमा परेको जानकारी गराएका छन् ।

ब्यबसायीका अनुसार चाडवाडको समयमा दैनिक ३५ देखि ४० किलोसम्म र अन्य सामान्य समयमा दैनिक २५ देखि ३० किलो सुनको माग रहेको छ । हाल दैनिक २० किलोका दरले मात्र कच्चा सुन आपूर्तिले ब्यबसायीले आफ्नो पालो पर्खन लामो समय कुर्नु पर्ने र मागे जति पाउन नसक्दा ब्यबसाय चलाउन समस्या भएको ब्यबसायी बताउ छन् ।

Loading...