‘ न्यकु बाजा व गुँला ’ धार्मिक कथा पुस्तक बिमोचन

काठमाडौँ। धार्मिक कथा पुस्तक ‘ न्यकु बाजा व गुँला ’ बिमोचन भएको छ। काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्य , बागमती प्रदेश सांसद राजेश शाक्य , सस्कृति विध चुन्दा ब्रज्राचार्य लगाएतले बौद्ध धर्ममा आधारित उक्त पुस्तकको शनिवार बिमोचन गरिएको हो।
बाखं न्यनेवा ( कथा सुनौ ) नामक सस्थाले प्रकाशन गरेको सो कथा पुस्तकमा शिंह भेर नामक राजा र उनको मृत्यु पश्चात पाप मोचन गर्न राँगाको सिङ्ग बजाई धार्मिक चैत्य परिक्रमा गरिएको कथा सारलाई समेटिएको छ।

महानगर प्रमुख शाक्यले नयाँ पुस्ता ले सस्थागत रुपमा पुराना धार्मिक , मौलिक र सस्कृति संग जोडिएर रहेको यस्ता प्राचीन कथा बस्तुलाइ पुस्तकको मध्यम बात प्रकाशन ल्याइएकोमा खुसि ब्यक्त गर्नु भयो। ‘ महानगरले काठमाडौँ को धर्म , सस्कृति , इतिहास ,मौलिक परम्परा बचौंन बिभिन्न किसिमबाट सहायो गर्दै आएको छ। लोप हुन लागेको यस्ता पुराना धार्मिक , परम्परामा आधारीत् कथाहरुलाई संग्रह गरि प्रकाशन गर्न महानगरले चाहिने आथिक सहायो गर्दै आएको छ र निरन्तरता पनि दिइने छ। तर सस्था गत रुपमा तपाई हरुले गर्नु पर्ने कामको जिम्मेवारी आफै गर्नु पर्ने छ । ’ प्रमुख शाक्यले बताउनु भयो।
सस्कृति विध चुन्दा बज्राचार्यले युवा पुस्ताले थालिनी गरेको यो कार्येले पुराना लुकेका , धार्मिक, सास्कृतिक पक्ष जोडिएका कथा संकलन र प्रकाशन गरिनुले सदा जीवित रहन मद्दत पुग्ने बताउनु भयो।

कथा यस प्रकार रहेको छ –

धेरै अघि कति पतंग भन्ने एउटा नगर थियो। त्यहाँ शिह भेल नामका राजाले राज्य गर्ने गर्दा थियो। उनको स्वर्शिदी नामकी रानी थिए। राजा शिकार खेलमा निकै सौखिन थिए। नजिकै रहेको वनमा गएर बाघ भालु चरा चुरुंगीको शिकार गर्न औधी मन पराउ थियो। रानी भने शिकार लाइ पप मानथिइन , राजालाई शिकार खेल्नमा बाधा पुर्याउथिइन। तरपनि राज पटक्कै मान्दैन थिए। समय बित्त्दै जादा एकदिन राजा को मृत्यु हुन्छ। केहि बर्ष पछि रानीको पनि मृत्यु हुन्छ। धेरै प्राणीहरुको हत्या गरेको हुनाले राजा अर्को जुनीमा राँगा भएर जन्म हुन्छ। रानीपानी यही घरमा ब्राम्हणको छोरी भएर जन्मन्छ। उनि दैनिक जस्तो राँगा चराउन जाने क्रममा एकदिन बाघको झुण्डले घेरा हाले छन्। ब्राम्हण छोरीलाइ बाघले केहि गरेनन तर राँगोलाइ झम्ती छन् र हेर्दा हेर्दै तड्पी रहेको राँगो लाइ बाघले खाई दिन्छन। त्यो देखेर उनि रुन थाल्छिन। रुदारुदै मुर्छित हुन्छिन र सपनामा भगवानले दर्शन दिदै भन्छ   ‘ बिलाप नगर त्यो राँगो पुर्व जम्मा तिम्रै पति शिंह भेर राज थोयो र तिमि उनको रानी , उसले राजा भएको पुर्व जम्मा देरै जनावरहरुको हत्या गरेको हुदा आज एस्तो कस्ट भएर मृत्यु भएको हो। अब एसको बाकिरहेको हड्डी खोर जमिन मुनि पुरिदिनु र ठिक माथि एउटा चैत्य (चिवा )बनाई उसैको एउटा सिङ्ग( न्यकु ) लाइ बजाउने मिल्ने बनाई न्यकु बजाएर साधना गरि बौध चिवा: परिक्रमा गर्नु। तिम्रो सत्कर्मले उसले पुर्व जन्ममा गरेका पापहरु सबै नाश हुनेछ र त्येही न्येकु बात प्रतक भै उ मुक्त हुने छ। ’   सपनामा भने जस्तै उनले सबै कर्म गरे राजा न्येकु बात प्रकट पाप बाट मुक्त हुन्छन। रानीको पुण्यले गर्दा राजाको सबै पाप नाश हुन्छ।
सो हि कथाको आधारमा बौध धर्मावालम्भीहरुले न्येकु बजाई चैत्य ( चिवा ) परिक्रमा गर्नाले आफ्ना पूर्वजले गरेका पाप मुक्त हुन्छन भन्य मान्यता अहुले पनि रही आएका छन् ।

 

Loading...