८० लाख मूल्य बराबरको यार्सागुम्बासहित चारजनालाई पक्राउ

काठमाडौं। महानगरीय अपराध महाशाखाले ८० लाख मूल्य बराबरको अबैध यार्सागुम्बासहित चारजनालाई पक्राउ गरेको छ । अवैधरुपमा यार्सागुम्बाको कारोबार भइरहेको प्राप्त सूचनाका आधारमा महाशाखाको टोलीले काठमाडौंको सामाखुशीबाट उनीहरुलाई एक किलो ८५० ग्राम यार्सागुम्बा सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोरखा घर भएका काठमाडौंको मित्रनगर बस्ने ४८ वर्षीय डुण्डुप गुरुङ, लमजुङ घर भइ नयाँ बसपार्क बस्ने ५० वर्षका बेलबहादुर थापा, सोही जिल्ला घर भई बानियाटार बस्ने ४० वर्षका कृष्ण परियार र प्यूठान घर भई तारकेश्वर बस्ने ४७ वर्षका दानबहादुर जिसी रहेका छन् ।

गुरुङको कोठा खानतलासी गर्दा बिक्री वितरण गर्ने उद्देश्यले लुकाइछिपाइ राखेको अवस्थामा यार्सागुम्बा फेला परेको थियो । पक्राउ परेका चारैजनालाई आवश्यक कारवाहीका लागि शुक्रबार डिभिजन वन कार्यालय काठमाडौंमा बुझाइएको महाशाखाल जनाएको छ।

Loading...