महानगरले भाषा ,परम्परा , सम्पदा बचाउन गरेको खर्चलाई लगानीको रुपमा बुझ्नु पर्छ : मेयर शाक्य

काठमाडौं –   महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको कला, संस्कृति, सम्पदा र भाषाको संरक्षण महानगरपालिकाले गरेको खर्चलाइ लगानीका रुपमा बुझ्नु पर्ने बताउनु भयो। काठमाडौं नेपालकै प्रमुख सांस्कृतिक नगर भएको कारणले यहाँको कला, संस्कृति, भाषा, सम्पदाको संरक्षण गर्न सके मात्रै यो नगरको अस्तित्व कायम रहने भएकोले यस्लाइ अन्तर्राष्ट्रिय करण गरि पर्येटकिए सम्भाबनालाइ जोड्दै महानगरले गरेको लगानीको रुपमा बुझ्नु पर्ने विचार राख्नु भयो।


नेपालभाषा केन्द्रीय विभाग पाटन क्याम्पसमले नेपालभाषामा स्नातकोत्तर विषयको पठनपाठन शुरु गरेको ४१ वर्ष पुगेको उपलक्ष्यमा नेपालभाषाका महाकवि सिद्धिादास महाजुका सम्पूर्ण कृतिहरूको संकलन ‘सिद्धिमाः’ लगायत पुस्तकारका रुपमा आएका विभिन्न शोधग्रन्थहरूको सामुहिक विमोचन कार्यक्रममा बोल्नुहुँदै उहाँले भन्नुभयो, ‘कुमारी संस्कृति अहिले विश्वमै परिचित नेपालको संस्कृति हो त्यसैले यो संस्कृतिमा कुनै पनि प्रकारको समस्या नआओस् भनेर हामी वर्तमान जीवित देवी कुमारीका लागि मासिक ५० हजार, जीवित देवता गणेश र भैरवका लागि मासिक ३०–३० हजार विशेष भत्ताको व्यवस्था गरेका छौँ । त्यस्तै भूतपूर्व कुमारीका लागि मासिक १५ हजार र गणेश तथा भैवरका लागि मासिक १२–१२ हजारको व्यवस्था गरेका छौँ । कुमारीको हेरचाह गर्ने चिताइदार परिवारका लागि पनि मासिक ५० हजार दिने गरेका छौँ ।’
काठमाडौं महानगरपालिकाले हालै कक्षा १ देखि ८ सम्म शुरु गरेको नेपालभाषाको पाठ्यक्रम येँ देय् म्हसीके आफूले शुरु मात्र गरेको र अब पछि आउने जनप्रतिनिधिहरूले त्यसलाई अझ थप्दै लाने विश्वास व्यक्त गर्दै भन्नुभयो, ‘जसले त्यसो गर्छ, अबको चुनावमा त्यही मात्र जित्छ ।’


सोही कार्यक्रममा बोल्नुहुँदै काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा श्रेष्ठ खड्गीले काठमाडौंको संस्कृति भनेकै अहिले विश्वमा नेपालको संस्कृति भनेर परिचित रहेको र त्यो संस्कृतिलाई काठमाडौंका नेवार समुदायले बचाउँदै आएको कारणले नेवार समुदायको भाषा, संस्कार, संस्कृतिको संरक्षणलाई काठमाडौं महानगरपालिकाले प्राथमिकतामा राख्दै आएको बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटाले अहिले त्रिविविले नेपालको पहिचान स्थापित गर्ने भाषा, कला, संस्कृति, सम्पदा सम्बन्धी विषयको अध्ययनलाई पनि प्राथमिकतामा राखेको बताउँनुहुँदै यो क्षेत्रमा काठमाडौं महानगरपालिकाले गर्दै आइरहेको कार्य अत्यन्त स¥हाहनीय छ भन्नुभयो ।


नेपालभाषा केन्द्रीय विभागका प्रमुख प्रा.डा. ओमकारेश्वर श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा पाटन संयुक्त क्याम्पसका प्रमुख डा. लक्ष्मण कुँवरले पनि बोल्नुभएको थियो ।

 सोही कार्यक्रममा नेपालभाषा केन्द्रीय विभागमा संग्रहित करिब ३० हजार पुस्तकलाई डिजटाइज गरी ई–पुस्तकालयमा रुपान्तरण गर्न काठमाडौं महानगरपालिकाले रु. ५० लाख बजेट विनियोजन गरिएको जानकारी पनि दिइएको थियो ।

 

Loading...