१२ देखि १७ वर्ष उमेर समूहका बालबालिका तथा किशोरकिशोरीलाई कोरना बिरुद्दको मोर्डना लगाइने

 

काठमाडौं । कोरना बिरुद्दको मोर्ड़ना खोप नेपालमा आउने भएको छ। विश्व बैंकको वित्तीय सहयोगमा कोभ्याससँगको साझेदारीमार्फत सरकारले ४० लाख मात्रा खोप खरिद गर्नका लागि खोपसम्बन्धी विश्वव्यापी सञ्जाल ‘गाभी’सँग सम्झौता गरेको हो । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका तथा किशोरकिशोरीलाई लगाइने मोर्डनाको ४० लाख डोज खोप खरिदका लागि सम्झौता भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताउनुभएको छ ।

२०२२ को मार्चदेखि नेपालमा आउने यो खोप सम्झौता गरेर खरिद गर्नेमा नेपाल विश्वकै दोस्रो र दक्षिण एसियाकै पहिलो देश भएको छ । यसले नेपालका ७२ प्रतिशत जनसङ्ख्या साथै १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका तथा किशोरकिशोरीलाई खोप दिने लक्ष्यमा सहयोग गर्ने मन्त्रालयले आज जारि गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ।

विश्व बैंकले नेपाल सरकारलाई महामारीविरुद्धको स्वास्थ्य प्रतिकार्यका लागि यसैअघि नै १० करोड ४० लाख डलर उपलब्ध गराइसकेको छ ।

माल्दिभ्स, नेपाल तथा श्रीलंकाका लागि विश्व बैंकका निर्देशक फेरिस ह्याडेड जिर्भसले नेपाल सरकार तथा जनतालाई सहयोग गर्न पाएकोमा गाैरवान्वित भएको पनि डा अधिकारीले बताउनुभएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

काठमाडौं, साउन २९ गते । मोर्डनाको ४० लाख डोज खोप नेपाल आउने भएको छ । विश्व बैंकले आगामी फागुनदेखि ४० लाख मोर्डना खोप आउने जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मोर्डनाको ४० लाख डोज खोप खरिदका लागि सम्झौता भएको बताउनुभएको छ । उक्त खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका तथा किशोरकिशोरीलाई लगाइने सरकारले जनाइसकेको छ ।
विश्व बैंकको वित्तीय सहयोगमा कोभ्याससँगको साझेदारीमार्फत सरकारले ४० लाख मात्रा खोप खरिद गर्नका लागि खोपसम्बन्धी विश्वव्यापी सञ्जाल ‘गाभी’सँग सम्झौता गरेको हो ।
यसरी सम्झौता गरेर खोप खरिद गर्नेमा नेपाल विश्वकै दोस्रो र दक्षिण एसियाकै पहिलो देश हो । ‘२०२२ को मार्चदेखि खोप आउनेछ । यसले नेपालका ७२ प्रतिशत जनसङ्ख्या साथै १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका तथा किशोरकिशोरीलाई खोप दिने लक्ष्यमा सहयोग गर्नेछ,’ विज्ञप्तिमा उल्लेख गरिएकाे छ।
माल्दिभ्स, नेपाल तथा श्रीलंकाका लागि विश्व बैंकका निर्देशक फेरिस ह्याडेड जिर्भसले नेपाल सरकार तथा जनतालाई सहयोग गर्न पाएकोमा गाैरवान्वित भएको पनि बताउनुभएको छ ।
विश्व बैंकले नेपाल सरकारलाई महामारीविरुद्धको स्वास्थ्य प्रतिकार्यका लागि यसैअघि नै १० करोड ४० लाख डलर उपलब्ध गराइसकेको छ ।

 

 

 

 

 

सार्वजनिक सवारी मनोहरा खोला करिडोर वा सल्लाघारीबाट सञ्चालनमा ल्याउन सुझाव
काठमाडौँ । यातायात सञ्चालन सम्बन्धी अध्ययन कार्यदलले ‘लामो दूरीका सार्वजनिक सवारी साधन व्यवस्थापन सम्वन्धि अध्यययन प्रतिवेदन २०७८’ हस्तान्तरण गरेको छ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा गठित ५ सदस्यी कार्यदलले काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई आज अध्ययन प्रतिवेदन हस्तान्तरण गरेको हो ।
प्रतिवेदनमा तत्काल सार्वजनिक यात्रुबाहक सवारी साधनको व्यवस्थापन जडिबुटी पुल पूर्वको मनोहरा खोला करिडोर सर्मत–संभार गरी वा सल्लाघारी तीनकुने सडक किनाराबाट तत्कालका लागि धुलिखेल पूर्वतर्फका सार्वजनिक सवारी सञ्चालन गर्न सकिने उल्लेख छ ।
‘नेपाल सरकार, प्रदेश सरकार, उपत्यका भित्रका पालिका र सवारी साधान व्यवसायीको समन्वय, सहकार्य र लागत सहभागितामा सवारी साधानको कार्य प्रकृति तथा सञ्चालन हुने दूरीका आधारमा लामो दूरी र सहरी यातायातका छुट्टछुट्टै सवारी साधान टर्मिनलको विकास गर्न महानगरपालिकाले पहल गर्ने,’ प्रतिवेदनमा भनिएको छ,’ ‘काठमाडौँ उपत्यकाका पालिकाहरु एवं धुलिखेल, वनेपा र पनौती नगरपालिका तथा बस व्यवसायी लगायत सरोकारवालाहरुको साझेदारीमा यातायात कम्पनी निर्माण गरी सार्वजनिक यातायातको दीर्घकालिन व्यवस्थापन गर्ने ।’
प्रतिवेदन बुझेपछि प्रमुख शाक्यले कार्यपालिका बैठकमा उक्त प्रतिवेदनलाई एजेण्डाकै रुपमा प्रस्तुत गरी छलफल गरी अघि बढ्ने बताउनुभयो । ‘यो महानगरपालिकाको मात्रै समस्या होइन । यो प्रदेश र संघीय सरकारको पनि समस्या हो,’ शाक्यले भन्नुभयो, ‘यसका लागि प्रदेश र संघीय सरकारसँग पनि सहकार्य र समन्वय गरेर अघि बढ्नुपर्ने हुन्छ । यसका लागि पहल गर्न काठमाडौँ महानगरपालिका तयार छ ।’ शाक्यले व्यवसायीहरुसँग समन्वय गरी बसपार्कको पूर्वाधार निर्माणका लागि महानगरपालिकाले समन्वय गर्न सक्ने समेत आश्वासन दिनुभयो ।
काठमाडौँ महानगरपालिकाले खुल्ला मञ्चबाट बसपार्क हटाएर सिटी यातायातका लागि ‘पिक एण्ड ड्रप’ र मध्यम दूरीका यातायातलाई नयाँ बसपार्कबाट सञ्चालन गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएपछि मध्यम दुरीका यातायात व्यवसायीले नयाँ बसपार्क अपायक परेको भन्दै अर्को व्यवस्था नभएसम्म उपयुक्त व्यवस्थापन गर्न आग्रह गर्दै आएका छन् ।
काठमाडौँ महानगरपालिका क्षेत्र भित्र गन्तव्य भई देशका विभिन्न भाग हुँदै काठमाडौँ उपत्यका भित्र सेवा प्रवाह गरिरहेका सार्वजनिक सवारी साधानको पार्किङ र त्यसको व्यवस्थापनका लागि यातायात व्यवसायीले गरेको आग्रहलाई समेत मध्यनजर गर्दै कार्यदल नै बनाएर महानगरले अध्ययन गरेको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अर्को व्यवस्था नभएसम्मका लागि खुल्ला मञ्चमा साविकबमोजिम बसपार्कका रुपमा प्रयोगका लागि माग गरे पनि महानगरपालिकाले भने त्यो सम्भव नहुने बताउँदै आएको छ ।
महानगरपालिकाले गठन गरेको यातायात सञ्चालन सम्बन्धी अध्ययन कार्यदलल सदस्यहरुमा वडा–२६ का अध्यक्ष ख्याम तिवारी, वडा–३२ का अध्यक्ष नवराज पराजुली, वडा–२७ का अध्यक्ष चिनियामान बज्राचार्य, वडा–२२ का अध्यक्ष चिनिकाजी महर्जन रहनु भएको थियो । त्यसैगरी समन्वय तथा सहजीकरणमा काठमाडौँ महानगरपालिकाका सहरी सुव्यवस्था विभागका प्रमुख ध्रुव काफ्ले, नगर प्रहरी उपरीक्षक धनपति सापकोटा, ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायव उपरीक्षक सुनिल जंग शाह र ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक दामोदर सिलवाल रहनु भएको थियो । समितिलाई सुझाव दिन ७ दिनको समय दिइएको थियो । प्रतिवेदनमा काठमाडौँ उपत्यकामा १४ लाख विभिन्न खाले सवारी सञ्चालनमा रहेको र त्यसमध्ये ८० प्रतिशत सवारी काठमाडौँ महानगरपालिका क्षेत्र केन्द्रित भएर सञ्चालनमा रहेको तथ्याङ रहेको पनि उल्लेख गरिएको छ ।

Loading...