एक्सनमा देउवा सरकार ,ओली ट्रस्टको हदबन्दी भन्दा अधिक जग्गा जफत

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा आफ्नो जन्मथलो तेह्रथुममा स्थापित ट्रस्टको ६९ रोपनी १० आना १ पैसा जग्गा सरकारले जफत गरेको छ।
ओलीको ट्रस्टको नाममा सरकारले तोकेको हदबन्दीभन्दा बढी जग्गा राखेको पाइएपछि भूमि व्यवस्था मन्त्रालयका अनुसार २०७८ असार २१ को निर्णयबाट उक्त जग्गा सरकारको नाममा ल्याउने निर्णय गरिएको हो ।
पहाडी क्षेत्रमा ७५ रोपनीभन्दा बढी जग्गा एकै व्यक्ति वा संस्थाको स्वामित्वमा राख्न नेपालको कानुनले निषेध गरेको छ । कानुन नै एस्तो ब्यबस्था भएता पनि यो बिपरित ओलीको नाममा रहेको ट्रस्टले १ सय ४३ रोपनी १४ आना एक पैसा जग्गा खरिद गरेको थियो। तेह्रथुममै कार्यालय रहेको यो ट्रस्टको अध्यक्ष ओली पत्नी राधिका शाक्य छिन्।
हदबन्दी भन्दा धेरै जग्गा राखेको भन्दै ओलीको चौतर्फी आलोचना भइरहेको छ।
सरकारले ट्रस्टको ६१ रोपनी हदबन्दीभन्दा बढी भएको जागा जफत गरेपछि ओलीको नाममा खोलिएको ट्रस्टमा ७४ रोपनी जग्गा मात्र रहेको छ।