
काठमाडौँ । रत्नपार्कको आकाशे पुलको पर्खालमा ‘फ्रन्टलाइनर्स’ को सम्मानमा बनाइएको चित्रलाइ महानगरले हटाए पछि कांग्रेस निकट नेपाल विद्यार्थी संघले लखेको बिरोध पूर्ण नारालाई हटाइको छ ।
कलाकारहरू सांगे थिन्ले लामा, सुमिना श्रेष्ठ, किपा शेर्पा, विशाल महर्जनले बनाएको चित्र बुधबार महानगरले मेटाए पछि मेयर शाक्यको बिरोध गर्दै लेखिएको नारालाई महानगरले अभद्र भन्दै आज हटाएको हो।
२०५८ सालदेखि हामीले काठमाडौँ महानगरपालिका क्षेत्र भित्र भित्ते लेखन, पोष्टर–पम्प्लेट टाँस्ने कार्यलाई प्रतिबन्ध लगाइएको निर्णयको आधारमा हटाइएको महानगका प्रवक्ता इश्वोर मान डंगोलले बताए।
महामारीको अग्रपंक्तिमा खटिएका चिकित्सक, नर्स, सुरक्षाकर्मीको सम्मानमा बनाइएको सन्देशमूलक चित्रका परिकल्पनाकार डुजाङ शेर्पा प्रक्रियागत रूपमा स्थानीय २८ वडा कार्यालय संग अनुमति लिएरै चित्र बनाउँदा पनि महानगरले हटाउनु दुखद भएको बताउँछन् ।
महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपती सापकोटाले केही दिन अघि चित्र मेटाएका स्थानमा पुन्ह विरोधाभास पूर्ण लेखिएको अक्षरलाइ मेटाई दिएको बताए।
उहाँले कोभिड–१९ महामारीको अग्रपंक्तिमा खटिएकाहरुप्रति आथाह सम्मान रहेको भन्दै प्रतिबन्धित स्थानमा त्यस्तो गर्नु उचित नभएको बताए ।
’नेविसंघले ‘विद्यासुन्दर शाक्य मुर्दावाद र काठमाडौं महानगरपालिका मुर्दावाद’ भन्दै अभद्र नारा लेखेको थियो ।







