आचाजुले बाचा मुताविक आफ्नै छोराको बलि चढाएको घटना संग सम्बन्धित त्रिशुल जात्रको आख्यान

पशुपतिमा आज त्रिशुल जात्रा….
 आज २०७८ असार १८ गते शुक्रवार ,   भलभला अष्टमी हो ।   नेपालको सर्बप्राचिन बस्ती ” ग्वल : ” स्थिति पाशुपत सस्कृती मध्ये को एक अनौठो सस्कृती “मचाती: जात्रा “( त्रिशुल जात्रा ) पाशुपत क्षेत्र “ग्वल:” मा परम्परागत रुपमा ९ नौ टोलबाट नौवटा जात्रा हुने गर्थ्यो भने हाल ३ बटा जात्रा सन्चालनमा रहेको छ । यो जात्रा पाशुपत क्षेत्रमा असार महिनाको कृष्ण भलभलाष्टमी को दिन पाशुपत क्षेत्र “ग्वल:” का टोलटोल बाट त्रिशुल जात्रा गरिन्छ ।

पशुपति क्षेत्र भित्र  मनाइने जात्रमध्य त्रिशुल जात्र  भिन्नै आख्यान संग जोडिएको छ। एक समय पाशुपत क्षेत्रका अष्टमातृका पिठ मध्ये भुवनेश्वरी मन्दिरमा पुजा गर्न भुमि आचाजु हिडिरहेको बेलामा छोरा पछि पछि आइरहेको पुजारीलाई थाहा नै भएन छ। पुजा सकिएपछि तिम्रो पछाडी जे छ मलाई वली चढाउन सक्छौ ? भने पछि बाचा गराउदा पछाडी नहेरी हुन्छ भनिदिए छन्। बलि दिन पछाडी हेर्दा आफ्नै छोरा देखेपछि आत्मग्लानी गर्दै बाचामुताविक बलि चढाई दिएछन। देवी सामु आफ्नी छोरा पुनर जीवित गरे दिनु पर्यो भनि आग्रह गर्दा देवीले अमुक स्थानबाट अमृतको घडा ल्याई मृत् शरीरमा छ्म्कीय छोरा पुनः जीवित हुने बताए छन्। छोरो बचाउन अमृत घडा लिन आचाजु देवस्थलको ढोका बन्द गरि हत्तारिदै अमुक स्थलमा निस्किदा आचाजुका श्रीमतीले नियमा विपरित ढोका खोलेर हेरिन्।मन्दिर भित्र आफ्नै छोराको बिभत्स लास देखेपछि आचाजुले तन्त्र सिद्द गर्न आफ्नै छोराको हत्या गरि भागे छन् भनि सम्झी काठमाडौँका माइती खलकको सहयतामा लासलाइ अन्तिम सस्कार गरिदिए। उता भुमि आचाजु अमृतको घडा लिएर हालको नयाँ बानेस्वर स्थित छ्खु बख्खु पुग्दा एकजना कुस्लेले तिम्रो छोराको लास त जलाई सक्यो भन्दा भुमि अचाजु दिमागी सन्तुलन गुमाई त्यही ढल्न पुगे छन। भनिछ अमृतको घडा सहित भुमि आचाजु शिलामा समाहित भएको हुदा आजपनि सो स्थान लै छ्ख्खु बख्खु अष्टमातृका ( अजिमा ) को रुपमा मन्दिर स्थापित छ। पतिको आदेश विपरीत् आगन देवता खोलेर हेरेको र प्रति विस्वास नगरी माइती पक्षको लहै लहैमा लागेकोले नै जघन्य घटना हुन पुगेको र समाजमा पतीको आज्ञ नमान्दा भएको घटनालाइ शिक्षा दिन प्रत्यक बर्ष भलभल असार कृष्ण अष्टमीका  दिन मचातिया जात्र अर्थात् बालबालिकालाइ त्रिशुलले धोपेर गरिने त्रिशुल जात्रा गर्ने घरिने परम्परा रहेको छ।

अर्को आख्यान अनुशार नागर्जुन पहाडको राक्षसले (नेपाल भाषामा ग्वल )देवपातन पाशुपत क्षेत्रका ससाना बालबालिकालाइ जबर्जस्ति लुटेर बिभत्स हत्या गरि खाने गर्दा थिए। राक्षसबात आजित भएका ग्वल बसी पनि भुवनेस्वरीका पुजारी भुमि आचाजुको सल्लहा अनुशार उसैका छोरा छोरी ल्याई तन्त्रवलको प्रभावले हत्या गरि त्रिशुलले रोपेर देश परिक्रमा गरि प्रतिशोध सांधेछन्। भनिन्छ राज अमर मल्लको राज्यकालमा पाशुपत क्षेत्रका अष्टमातृका देवीलाई जगाई मचातिया ( त्रिशुल जात्र )जात्र चलाएपछि देशवासीले कहिल्यै नागार्जुनका राक्षस बात भए बेहर्नु परेन।
गुठि स्थान र अमल्कोटले ब्यबस्थापन गर्दै आएको यो जात्र कोविड संक्रमका कारण आज गरिनु पर्ने यो जात्र सामान्य रथमा विधि पुजामा मात्र सिमित रहने गरि सम्पन्न गरीन लागेको भण्डारी समाजका अध्क्षय तथा पशिपति नाथका भण्डारी केदारमान भण्डारीले जानकारी दिएका छन्।

 

 

 

नेपाल जात्र सस्कृति बाट –

 

Loading...