ईटाली पठाईदिन्छु भनि रकम ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ। वर्किङ भिषामा ईटाली पठाईदिन्छु भनि रकम ठगी गर्ने व्यक्ति पक्राउ परेको छ। महानगरीय अपराध महाशाखाले रामेछाप उमाकुण्ड गा.पा. वडा नं. ३ बस्ने वर्ष २३ को सौगात सुनुवार समेत ३ जनालाई वर्किङ भिषामा इटाली पठाई दिन्छु भनी जनही दश लाख रकम असुल गरि फरार रहेका उमेश रेग्मीलाई ललितपुर टिकाथलीबाट मंगलबार पक्राउ गरेको हो। निज उमेश रेग्मीले विभिन्न व्यक्तिहरूलाई वर्किङ भिषामा युरोपियन मुलुकमा पठाइदिन्छु भनी प्रलोभनमा पारी करिब एक करोड रुपैयाँ भन्दा बढी रकम ठगी गरेको समेत भन्ने बुझिन आएकोले प्रहरी अनुसन्धानले देखाएको छ। पक्राउ परेका निजलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर, काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।