किस्तीमा प्रधान मन्त्री लिएर ‘ लौन खाईदिनु पर्यो ’ भनेर हिडेका छन् –

काठमाडौँ। प्रधान मन्त्री केपी शर्मा ओलीले प्रचण्ड नेपाल समुहले आफ्नो दुइतिहाई बिगारेर किस्तीमा प्रधामन्त्री खाईदिनु पर्यो भनेर हिडिरहेको बताउनु भयो। नेकपा सरकार तथा विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टी बीच आज आयोजित सहमति पत्र हत्क्षर कार्येक्रममा प्रधान मन्त्री ओलीले सरकार बाहिर रहेका प्रचण्ड नेपालले प्रतिपक्षि दलइ कांग्रेसलाइ प्रधान मन्त्री बनेर मिलेर जाने गरेको प्रस्ताव प्रति व्यंग्यात्मक शैलीमा
‘ किस्तीमा प्रधामन्त्री लिएर खाईदिनु पर्यो ’ भनेर हिडेको बताउनु भएको हो।  

लामो समय प्रतिवंदित रहदै आएका विप्लव नेकपा र नेपाल सरकारकाविच भएको वार्तापछि शुक्रवार आयोजित हस्ताक्षर समारोहमा ३ बुँदे सहमतिमा पत्रमा हस्ताक्षर भएसँगै विप्लव माओवादीले अब मूलधारको राजनीतिक गतिविधिमा समावेश भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवका उपस्थितीमा भएको उक्त समारोहमा विप्लवले आफू र आफ्नो पार्टी ३ बुँदे सहमितमा प्रतिबद्ध रहेका बताएका छन । 

उनले भने ‘जीवनलाई बलिदान गर्छौ, तर सहिदको सपना मर्न दिदैनौ, नेपाललाई समृद्धिको बाटोमा लग्छु । अबको राजनीति विकास र समृद्धिको राजनीति हुनेछ ।‘ 

सो अवसरमा प्रधानमन्त्री ओलीले विप्वल समूह शान्तिपूर्ण राजनीतिमा आएकोमा बधाई तथा स्वागत गरेका थिए । ओलीेले विप्लवको आगामी राजनीतिक कार्यदिशा मुलुकको हित र विकासमा हुने अपेक्षा समेत गरे । 

कार्यक्रममा बोल्दै महासचिव विप्लवले जीवनको बलिदान दिएर पनि शहिदको सपना मर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘शहिद परिवारलाई विश्वास म दिलाउँछु कि हामी हाम्रो जीवनलाई बलिदान दिन तयार छौँ तर शहिदको सपना मर्न दिदैनौँ ।’ उहाँले कम्युनिष्ट विद्रोहका योद्वा मात्रै नभएर शान्तिका दुत पनि भएको बताउनुभयो ।

 

फोटो – बुद्ध शरण शाही 

Loading...