अनेरास्ववियूले गर्यो चौथो चरणको संघर्षका कार्यक्रम सार्वजनिक

 

   फागुन ७ , काठमाडौं । नेकपाको प्रचण्ड–माधव नेपाल निकट अनेरास्ववियू (रञ्जित तामाङ समूह)ले संसद विघटन, महँगी र अनियमितताविरुद्ध चौथो चरणको संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

सो समुहले प्रतिगमनलाई जुत्ता हान्ने र शंख जुलुससहित बालुवाटार घेराउ गर्ने लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

हालै गरिएको पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध देशभरका कलेज र आयल निगम कार्यालय अगाडि प्रदर्शन गरेको अनेरास्ववियूले आज भने विश्वविद्यालय अनुदान आयोग कार्यालयमा धर्ना र ज्ञापनपत्र बुझाउँने भएको छ ।

फागुन ८ गते सनिबार दिउसो १ बजे अनेरास्ववियूका पूर्वअध्यक्ष डाचाराज वाग्लेको स्मृतिमा रत्नराज्य क्याम्पस अगाडि श्रद्धाञ्जली सभा गर्ने र फागुन १० सोमबार दिउँसो २ बजे प्रतिगमनलाई जुत्ता हान्ने कार्यक्रम राखिएको अनेरास्ववियूले जनएको छ ।

यसै गरि फागुन ११ गते ११ बजे त्रिभुवन विश्वविद्यालय घेराउ गर्ने, १३ गते सभामुख अग्नि सापकोटालाई अवरुद्ध संसद सुचारू गर्न ध्यानाकर्षण गराउने र १४ गते प्रतिगमनविरुद्ध मार्चपास –

फागुन १६ गते ११ बजे प्रतिगमन, महँगी र भ्रष्टाचारविरुद्ध सिंहदरबार अघि थाल ठटाएर विरोध प्रदर्शन गरिने छ । सोही दिन उपत्यका बाहिर भने सिडियो कार्यालय अगाडि प्रदर्शन –

फागुन १८ गते १ बजे प्रतिगमनविरुद्ध शंख जुलुससहित बालुवाटार घेराउ गर्ने कार्यक्रम पनि तय गरिएको छ । फागुन १८ गते काठमाडौं उपत्यका बाहिर सिडियो कार्यालय अगाडि प्रदर्शन गर्ने अनेरास्ववियूले सार्वजनिक गरिएको संघर्ष कार्येक्रम तालिकामा रहेको छ।

 

 

 

Loading...