झुठो इमेल आइडी बनाई धम्क्याई ७० लाख माग्ने प्रहरीको फन्दामा

 

काठमाडौँ। झुठो इमेल आइडी बनाई धम्क्याई रकम असुल गरेको आरॉपमा एक ब्यक्ति पक्राउ परेका छन्। प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले नाम्परिवार्तन गरि (महालक्ष्मी) नामको महिला लाइ आफुसंग अर्धनग्न तस्बिर भएको र सो तस्बिरहरु सार्वजनिक नगर्ने हो भने ७० लाख माग गरि यौनउत्पीडिन गर्ने हैरानी गरेको आरोपमा बुढानिलकण्ठ नगर पालिका ७ गल्फुटार बस्ने सुमन रेग्मीलाई बुधबार ब्युरोले पक्राउ गरेको हो। पक्राउ परेका रेग्मीलाई विधुतीय कारोबार एंन २०६३ को दफा ४७ बमिजिम कसुर गरेको अभियोगमा थप अनुसन्धान भैरहेको ब्युरोले जनाएको छ।
यसै गरि झुठो इमेल आइडी बनाई महिलालाई यौन जननी ,अश्लिल संदेश तथा तस्बिर पठाउने , यौनअश्लिलतायुक्त अनर्गल सामग्री पोष्ट गरि हैरानी दिने अर्का एक ब्यक्ति पक्राउ परेका छन्। विधुतीय कारोबार एंन २०६३ को दफा ४७ बमिजिम कसुर गरेको अभियोगमा चितवन बात थाम बहादुर विश्वकर्मालाइ पक्राउ गरि आवश्यक अनुसन्धान भैरहेको ब्युरोले जनाएको छ। 

Loading...