भुक्तानी नदिने चिनी उद्योगी पक्राउ गर्ने जिल्लाप्रशासनलाइ गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रलायले उखु किसानको रकम भुक्तानी नदिने चिनी मिल सञ्चालकलाई पक्राउ गर्ने सम्बन्धित जिल्ला प्रशासनलाइ निर्देशन दिएको छ । मंगलबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बसेको तीन मन्त्रीको बैठकले उखु किसानको भुक्तानी नदिने मिल सञ्चालकलाई पक्राउ गर्ने निर्णय गरेको स्रोतले बताएको छ ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले उखु किसानको समस्या हल गर्ने विषयमा छलफल भएको बताए । बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, संघीय मामला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठी, कृषिमन्त्री घनश्याम भुसाललगायत उपस्थित थिए । 

किसानले उखु बिक्रीबापतकाे बक्यौता रकम चिनी मिलले नदिएपछि सर्लाही, रौतहट र नवलपरासीका सयौँ किसान काठमाडौंमा आएर आन्दोलन गरिरहेका छन् ।

देशभरका ६ वटा चिनी मिलबाट किसानले ९० करोड रुपैयाँ पाउन बाँकी रहेको उखु किसान संघर्ष समितिले जनाएको छ ।

 

 

Loading...