माइतीघरमा धर्ना दिनेलाइ उखु किसानलाई किसान नै होइन भन्नु लज्जास्पद बिषय हो : कांग्रेस प्रवक्ता शर्मा

 

 

मङ्सिर ३० ,काठमाडौँ। नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले माइतीघरमा धर्ना दिनेलाइ उखु किसानलाई सरकारका मन्त्रीले किसान नै होइन भन्नु लज्जास्पद बिषय भएको बताएका छन् । पार्टीको सूचना संचार बिभागबात प्रतिनिधित्वो तथा एक्यबद्दता प्रकट गर्दै मंगलबार माइतीघर मण्डलामा उखु किसानले गर्दै आएको धर्नामा प्रवक्ता शर्माले भने – ’ नेकपाले हिजो सरकारमा जानकी निम्ति किसान र मजदुरका नारा लाए , सरकारमा गैसके पछि कमिसन वालालाई बढी चिने किसानलाई बिर्सिने प्रविर्दी सरकारबाट भएको छ। म प्रधान मन्त्रीज्युलाइ सोध्न चाहन्छु हिजो मन्त्रीले बोलेको के आफ्नो बक्यौता रकम लिन काठमाडौँको मिति घरमा आएर धर्ना दिने कृषक नै होइन भन्ने सरकारको आधिकारिक धरणा हो ?त्यसो भए मङ्सिर पुषको जाडोमा काठमाडौँ आएर हरेक बर्ष धर्ना दिनु पर्ने अवस्था आउदै गर्दा खोजो गर्नु पर्यो ,पहिचान गर्नु पर्यो ,कृषक होइन भने सम्झाउनु पर्यो कि तपैहरु बाताविक किसानी होइन किसानको त सबै पुरा भएको छ। सरकारले उद्योगी संग समन्वय गर्नु पर्ने कर्तव्य हो। सरकार आफैले चुक्ता गर्नु पर्ने होइन किसानले पनि यस्तो भनेका छैनन्। सर्वहाराको नारा लगाउने कम्निष्टले माइतीघरमा धर्ना दिनेलाइ किसानलाई किसानी होइन भन्नु लज्जास्पद बिषय हो। उखु किसानहरुले मुद्दामा उचित न्यायोचित मुल्य जे प्राप्त गर्नु पर्ने हो त्यो प्राप्त नगरुन्जेल उनीहरुको सम्बाद मार्फत या सडक प्रस्तुतिमा निरन्तर सरिक भई हामि दवाब दिने छौ। ’ 

किसानले उखु बिक्रीबापतकाे बक्यौता रकम चिनी मिलले नदिएपछि सर्लाही, रौतहट र नवलपरासीका सयौँ किसान काठमाडौंमा आएर आन्दोलन गरिरहेका छन् ।

देशभरका ६ वटा चिनी मिलबाट किसानले ९० करोड रुपैयाँ पाउन बाँकी रहेको उखु किसान संघर्ष समितिले जनाएको छ ।

Loading...