काष्ठमण्डप पुनः निर्माण ७५ प्रतिशत सकियो, बैशाख १२मा उत्घाटन, मन्त्री ज्ञवाली र श्रेष्ठ बाट निरिक्षण – फोटोहरु

 

काठमाडौं । काष्ठमण्डप पुनर्निर्माणको काम ७५ प्रतिशत सकिएको छ। यही आउने बैशाख १२ मा सम्पूर्ण काम सकिएर उत्घाटनको तयारीमा धमाधम काम भैरहेको काष्ठमण्डप पुनर्निर्माण समितिले जनाएको छ। यसै क्रममा शुक्रबार परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवाली र शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठले ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनःनिर्माणको काम अवलोकन गरेका छन्। सो क्रममा निर्माण समितिमा अध्यक्ष तथा प्रदेशसभा सदस्य राजेश शाक्यले पुनः निर्माणका बारेमा मन्त्री द्वयलाइ जानकारी दिए। अवलोकन गर्ने क्रममा मन्त्री ज्ञवालीले काष्ठमण्डप पुनः निर्माणले सम्पदा निर्माण गर्दा समुदायको सहभागिता अपरिहार्य रहेको कुरालाई स्थापित गरेको बताउँदै निर्धारित समयमा नै सम्पन्न गर्ने गरी काम भइरहेकोम निर्माण समितिलाई धन्यवाद दिए ।

निर्माण समितिका अध्यक्ष राजेश शाक्यले बैशाख १२ महाभूकम्प गएको दिनमानै उद्घाटन गर्ने गरी काम भइरहेको जानकारी दिए । प्रदेशसभा सदस्य शाक्यका अनुसार तिहारसम्ममा ८० प्रतिशत सक्ने गरी काम भइरहेको बताए ।
विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको सातौ शताब्दीको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणका लागि अघिल्लो वैशाख ३१ गते क्षमापूजा गरिएको थियो । गत कात्तिक २२ गते शुभारम्भ पूजा गरेर विधिवत् रुपमा यस सम्पदाको पुनःनिर्माण शुरु भएको हो । तीन वर्षभित्र पुनःनिर्माण सक्ने लक्ष्यका साथ काष्ठमण्डप पुनःनिर्माणले गति लिएको छ ।

सो क्रममा मन्त्री ज्ञवाली र श्रेष्ठले हनुमाढोका दरवार क्षेत्रमा रहेको अन्य पुनः निर्माण सम्पन भइ सकेका र भैरहेका आगमछेँ, मोहनकाली चोक, कालिदमन चोक, सुन्दरी चोक, नासल चोक र मूल चोकका बारेमा जानकारी लिएका छन् ।

Loading...